Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप : पुलिस, आर्मी, एपिएफ र प्रदेस न ५ सेमिफाइनल प्रबेस !

जेस्ठ २३, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरयासनलको ब्यबस्थापनमा काठमाडौको टि यु र मुलपानी मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिताको एघारौ दिनको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लब बिजयी हुँदै ग्रुप विनरको रुपमा सेमिफाइनल प्रबेस गरेको छ भने प्रदेस न ५ ग्रुप उपबिजेता भयको छ !

टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेस न ५ ले पुरै ५० ओभर खेल्दै ९ विकेटको नोक्सानिमा २०० रन बनायको थियो ! प्रदेस न ५ का लागि सन्दिप सुनार २७ बलमा २०, सन्कर राना ७८ बलमा ४४, सुबेन्दु पान्डे ४५ बलमा १७, राजबिर सिंह ४७ बलमा २१, सौरभ खनाल ५४ बलमा ४२, कृश्न कार्की २४ बलमा २६, बिक्रम भुसाल १२ बलमा २० रन बनायका थिय ! पुलिसका बलर ललित राजबन्शि र राम नरेस गिरिले समान २/२ विकेट, ललित भन्डारी र दिपेन्द्र सिंह एरिले समान १/१ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको पुलिस ४४ ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाउन सफल भयपछी ७ विकेटले बिजयी रह्यो ! पुलिसका लागि सुनिल धमलाले ८२ बलमा ३६, अमित श्रेष्ठले ४१ बलमा ३०, दिलिप नाथ ३८ बलमा २४, दिपेन्द्र एरि ५३ बलमा ५८*, आरिफ सेख ५१ बलमा ४५* रन बनायका थिय ! प्रदेस न ५ का सन्दिप सुनारले २ विकेट र लाल ब अधिकारिले १ विकेट लियेका थिय !

नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह एरि प्लयेर अफ द म्याच भयका थिय

लिग चरणको अन्तिम खेल सङै नेपाल पुलिस क्लव र ए पि एफ, त्रिभुवन आर्मी क्लब र प्रदेस न ५ सेमिफाइनलमा भिडने छन !