Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस क्रिकेट एकेडमी श्रीलन्का भ्रमण : एनसिए यु१६ सिरिजमा ४-१ ले बिजयी, यु१९ ४-१ ले पराजित !

जेष्ठ २१, क्रिकेट हिमालय

साग इन्डियाकाे संयाेजन तथा बासिलिका क्रिकेट एकेडेमीको अायाेजनामा श्रीलंकामा जारी श्रीलंका – नेपाल बाईलेटरल सिरिज २०१८ मा नेक्सस क्रिकेट एकेडेमीको यु-१६ टिम बिजयी भएकाे छ ।

जेठ १४ गते देखी २१ गते सम्म श्रीलन्काकाे काेलम्बाेमा अायाेजना गरिएकाे सिरिजमा एनसिए यु-१६ ले बसिलिका क्रिकेट एकेडेमी, श्रीलंका यु-१६ लाई ४-१ ले पराजित गरि सिरिज माथी कब्जा जमाएकाे हाे । क्याटेन बिपीन शाही, सुमन सुन्दास, सृजन गुरूङ र क्रिस कार्कीकाे उत्कृष्ट प्रदर्शन ले निर्धारित ७ खेल मध्य ४ खेलमा बिजयी हुदै सिरिज जितेकाे हाे । २ खेल पानीका कारण रद्द हुदा श्रीलंकाले १ मात्र खेल जित्न सकेकाे थियाे ।

त्यस्तै श्रीलंकामै जारी एनसिए यु-१९ र बसिलिका एकेडेमी, श्रीलन्का यु-१९ काे सिरिजमा क्याप्टेन बिशाल पाैडेल, चिराग शाह, कैलाश पंगेनी र शाहील ढकालकाे राम्रो प्रदर्शनका बावजुद सिरिज गुमाउन पुगेकाे छ । श्रीलंकाले ४ खेल जितेकाे उक्त सिरिजमा एनसिए यु-१९ नेपालले १ मात्र खेल जितेकाे थियाे ।