Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप नवौ दिन : बर्षाले प्रभावित खेलमा प्रदेस न ५ र एपिएफ बिजयी !

जेस्ठ २१, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा मुलपानी र टि यु मैदानमा जारी प्रधानमन्त्री कप रास्ट्रीय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज नवौ दिनको बर्षाले प्रभावित खेलहरुमा डि एल मेथड मार्फत प्रदेस न ५ र ए पि एफ बिजयी भयका छन !

मुलपानी : प्रदेस न ३ र प्रदेस न ५

टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेस ३ ले भुपेन्द्र थापाको ६६ बलमा ४६, जितेन्द्र सिंह ठकुरिको ५२ बलमा १८, आदिल खानको ४० बलमा १६, सन्जय बस्नेतको ४० बलमा १५, रुपेस श्रीवास्तबको ३६ बलमा २१ रनको सहयोगमा ४४.५ ओभरमा अल आउट हुँदै १५२ रन बनायको थियो ! प्रदेस न ५ का लाल बहादुर अधिकारीले ४ विकेट, कृश्न कार्की, सन्दिप सुनार र बिक्रम भुसालले समान २/२ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको प्रदेस न ५ ले २०.५ ओभरमा ३ विकेट गुमाउदै ८९ रन बनायपछी पानी पर्न सुरु गरेको थियो ! त्यतिन्जेल प्रदेस न ५ का सन्दिप सुनार ३५ बलमा ३८ रन बनायर रिटायर हर्ट भयका थिय !सन्कर राना १९, अन्तिम थापा १० र शक्ति गौचन १५* रन बनायका थिय ! प्रदेस न ३ का किसोर महतो र अभिसेख झाले १/१ विकेट लियेका थिय !

पानी नरोकियेपछी प्रदेस न ५ डि एल मेथडका अनुसार ३० रनले बिजयी भयको घोषणा एम्पायरले गरेका थिय !

प्रदेस न ५ का लाल ब अधिकारी प्लयेर अफ द म्याच घोषणा भयका थिय !

टि यु : ए पि एफ र प्रदेस न २

टस जितेर फर्स्ट ब्याटिङ गरेको ए पि एफ सुबास खकुरेलको २ छक्का, ७ चौका सहित १३० बलमा १०३ रनको सतकिय पारी, प्रदिप एरिको ८ छक्का र १३ चौका सहित १३५ बलमा १५८ रनको सतकिय पारिको मद्धतले ५० ओभरमा ६ विकेट गुमाउदै ३३९ रन बनायको थियो ! पृथु बास्कोटाले १४ बलमा २९* र भुवन कार्किले ६ बलमा १६ रन बनायका थिय ! प्रदेस न २ का डि मल्लिकले ५ विकेट लियेका थिय आर पि सिंहले १ विकेट लियेका थिय !

विशाल लक्ष चेज गरेको प्रदेस न २ ले १६ ओभरमा बिना विकेटको छतिमा ६४ रन बनाउदा पानीले खेल बिथोलेको थियो !

पानी रोकियेर पुन खेल सुरु हुदा प्रदेस न २ ले २८ ओभरमा २०२ को नया लक्ष प्राप्त गरेको थियो !

प्रदेस न २ ले २८ ओभरमा ९ विकेट गुमाउदै १०५ रन मात्र बनायपछी डि एल मेथड अनुसार ९६ रनले पराजित रह्यो !

प्रदेस न २ को लागि हरि सन्कर साहले ५२ बलमा ३८, सुरज पटेलले ५३ बलमा ३४ रन बनायेका थिय भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अन्क जोडन सकेनन ! ए पि एफ का करण के सि र वसन्त रेग्मिले ३/३ विकेट, कमल एरि, भुवन कार्की, रोहित पौडेलले समान १/१ विकेट लियेका थिय !

बिस्फोटक सतक प्रहार गर्ने प्रदिप एरि प्लयेर अफ द म्याच भयका थिय !

फिचर इमेज श्रोत : माइकल जङ पान्डे