Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप आठौ दिन : त्रिभुवन आर्मी क्लब र प्रदेश नं. ५ बिजयी !

राखेप को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा टियु मैदान र मुलपानी मैदानमा सन्चालित प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज आठौ दिनको खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं. ५ बिजयी भएका छन ।

टि यु : प्रदेश नं. ५ र प्रदेश नं. ६

टस हार्दै फर्स्ट ब्याटिङ गरेको प्रदेश न ६ मात्र २२.५ ओभरमा अल आउट हुँदै ५५ रन बनाएको थियो । प्रदेश नं. ६ का लागि भि बिस्टले १७ रन बनाएका थिए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अन्क जोडन सकेनन । ६ ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । कसिलो बलिङ गरेको प्रदेश नं. ५ को लागि शक्ति गौचन र बिक्रम भुसालले ३/३ विकेट र कृश्न कार्की र लाल अधिकारिले समान २/२ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको प्रदेश नं. ५ ले शंकर राना २९, सन्दिप सुनार २७ रनको सहयोगमा मात्र १०.४ ओभरमा १ विकेट गुमाउदै ५९ रन बनाएपछी सहज ९ विकेटको जित हात पार्यो । शक्ति गौचन प्लयेर अफ द म्याच भएका थिए ।

कुल ४ खेलमा ३ हार र १ ड्र सहित मात्र १ अन्क बटुल्दै प्रदेश नं. ६ प्रतियोगिताबाट बाहिरिएको छ भने आजको जित सङै प्रदेश नं. ५ ले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

मुलपानी : त्रिभुवन आर्मी क्लब र प्रदेश नं. ४

टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेश नं. ४ ले २९ ओभरमा अल आउट हुँदै मात्र ७६ रन बनाएको थियो । प्रदेश नं. ४ का लागि अनिल गुरुङले संघर्शपूर्ण ९० बलमा नट आउट रहदै ४२ रन बनाएपनी अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बटुल्न असफल रहेका थिए । प्रदेश नं. ६ का ६ ब्याट्सम्यान सुन्यमा आउट भएका थिए । त्रिभुवन आर्मिका बिक्रम सोब, साहब आलम, सागर पुनले समान ३/३ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको आर्मी १६.४ ओभरमा १ विकेट गुमाउदै ७७ रन बनाएपछी सहज ९ विकेटको जित हासिल गर्यो । आर्मिका लागि सागर पुनले २६, अनिल मन्डलले २८*, नरेस बुढायेरले १०* रन बनाएका थिए । प्रदेश नं. ४ का जि प्रधानले १ विकेट लिएका थिए । प्लयेर अफ द म्याच आर्मिका सागर पुन भएका थिए ।

अंक तालिका

फिचर इमेज श्रोत : अनलाइन खेल खबर/सलमान साह