Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप सातौ दिन : प्रदेश नं. ७ र एपिएफ बिजयी !

जेष्ठ १९, क्रिकेट हिमालय

राखेप को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा टियु र मुलपानी मैदानमा सन्चालित प्रधानमन्त्री कप अन्तर्गत आज सातौ दिनको लो स्कोरिङ खेलहरुमा प्रदेश नं. ७ ले प्रदेश नं. ३ लाई २ विकेटले पराजित गरेको छ भने मुलपानी मैदानमा एपिएफ ले प्रदेश नं. १ लाई ९ विकेटले पराजित गरेको छ ।

टि यु : प्रदेश नं. ७ र प्रदेश नं. ३

फर्स्ट ब्याटिङ गरेको प्रदेश नं. ३ ले ३३.३ ओभरमा अल आउट हुँदै मात्र ११६ रन बनाएको थियो । प्रदेश नं. ३ का लागि कप्तान जितेन्द्र सिंह ठकुरीले ७७ बलमा ४०, सोनु तामाङले २० बलमा २९, सन्जय बस्नेतले २० बलमा १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन । प्रदेश नं. ७ का बलर एस मल्लले ४ विकेट, बि आग्रीले ३ विकेट, बि लामा र बि ठगुन्नाले समान १/१ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको प्रदेश नं. ७ ले ३९.४ ओभरमा ८ विकेट गुमाउदै ११७ रन बनाएपछी २ विकेटले बिजयी रह्यो । प्रदेश नं. ७ को तर्फबाट एस दमाइले २५, बि रानाले २४, अरुन एरिले २१ रन बनाएका थिए । प्रदेश नं. ३ का सागर ढकाल र जितेन्द्र ठकुरिले समान २/२ विकेट, प्रतिस जिसिले १ विकेट, सन्जय बस्नेत र किसोर महतोले १/१ विकेट लिएका थिए । प्रदेश नं. ७ का सेर मल्ल प्लयेर अफ द म्याच भएका थिए ।

मुलपानी : प्रदेश नं. १ र एपिएफ

फर्स्ट ब्याटिङ गरेको प्रदेश नं. १ ले ४२ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो । प्रदेश नं. १ का तर्फबाट सुनिल ढुङाना २९, एम थापा २७, पुस्प थापा २०, बि मेहता १०, सन्नी पुन ११ रन बनाएका थिए । एपिएफ का करण के सि, भुवन कार्की, बसन्त रेग्मी, अमर सिंह राउटेलाले समान २/२ विकेट लिएका थिए । मध्यम देखिने लक्ष पछ्यायको एपिएफ १६.३ ओभरमा १ विकेट गुमाउदै १३० रन बनाएपछी सहज ९ विकेटको जित हात पार्यो । एपिएफ का लागि प्रदिप एरिले १९ बलमा २३, अनिल साहले ४८ बलमा ६२ र पृथु बास्कोटाले २२ बलमा ३२ रन बनाएका थिए । प्रदेश नं. १ का सुनिल ढुङानाले एक मात्र विकेट लिएका थिए । एपिएफ का अनिल साह प्लयेर अफ द म्याच भएका थिए ।

अंक तालिका