Cricket Himalaya
Cricket News From Top of The World

दङालि क्रिकेट लिगको उपाधी बिजेता “डिलाइट रोयल तुलसिपुर” !

जेष्ठ १८, क्रिकेट हिमालय

दङाली क्रिकेट क्लब द्वारा आयोजित “दङाली क्रिकेट लिग” को उपाधी डिलाइट रोयल तुलसिपुरले जितेको छ । तुलसिपुर अरनिको फिल्ड खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा घोराही ब्लास्टर्सलाइ ६५ रनले पराजित गर्दै डिलाइट रोयल तुलसिपुरले उपाधी जितेको थियो ।

डिलाइट रोयल तुलसिपुरले फर्स्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । डिलाइटका लागी अरुन लहरे ले १८ बलमा आक्रमक ५५ रन, सुरज खनालले ३९ रन, बिश्नु सिङ ठकुरिले २२ रन बनाएका थिए । बिसाल लक्ष पछ्यायको घोराही ब्लास्टर्स १७.५ ओभरमा अल आउट हुदै ११८ रन मात्र बनाएपछी ६६ रनको पराजय सहित उपाधी गुमाएको थियो । उपाधी बिजेता डिलाइट रोयल तुलसिपुरले नगद रु ४० हजार र ट्रफी प्राप्त हरेको थियो ।

डिलाइटका बिश्नु सिह ठकुरी प्रतियोगिताको बेस्ट बलर सहित म्यान अफ द सिरिज भएका थिए ।