Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप छैठौ दिन : त्रिभुवन आर्मी क्लब बिजयि, खेल रद्ध हुदा प्रदेस न ६ र एन पि सि ले अन्क बाडे !

जेस्ठ १८, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा मुलपानी र टि यु मैदानमा जारी प्रधानमन्त्री कपको छैठौ दिनको खेलमा टि यु मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब बिजयी भयको छ भने मुलपानी मैदानमा खराब आउट फिल्डको कारण खेल रद्ध भयको थियो !

त्रिभुवन आर्मी क्लब र प्रदेस न १ : टि यु

त्रिवि क्रिकेट मैदानमा अार्मीले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको प्रदेश १, २९.३ अोभरमा सबै विकेट गुमाएर १ सय १९ रनमा समेटिदा १०६ रनको पराजय बेहर्यो । प्रदेश १ का लागि पुष्ष थापाले ५९ रन, राजन मगरले २४ रन जोडे। अार्मीका सुशान भारीले ४ विकेट, सोमपाल कामी, शाहब अालम र सागर पुनले २-२ विकेट लिए।

टस हारेर फर्स्ट ब्याटिङ गरेको आर्मी वर्षाले ४५ अोभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ! आर्मिका बिनोद भन्डारिको आक्रमक अर्धसतक बनायका थिय , अनिलकुमार मण्डलले ३६ रन, नरेश बुढाएेरले ३२, राजेश पुलामीमगरले २२ तथा सोमपाल कामीले १८ रनको पारी खेले। प्रदेश १ का मनोज तामाङले ३ विकेट, फिर्दोश अन्सारी र मनिष थापाले २-२ विकेट लिए भने सन्दीप ढुंगाना र पुष्प थापाले १ विकेट लिएका थिय !

नेपाल पुलिस क्लब र प्रदेस न ६

: मुलपानी

अघिल्लो दिन राती र बिहान परेको पानीले खेल अवरुद्ध भयको थियो, दिनभर खेलाडी अफिसियल र ग्राउन्ड स्टाफको खेल गराउने प्रयास असफल भयपछी दुबै टिमले अन्क बाडेका छन !