Cricket Himalaya
Cricket News From Top of The World

संस्कार क्रिकेट एकेडमि द्वारा धनगढिमा निस्ट-लिटल फ्लावर प्रीमियर लिग क्रिकेट !

जेस्ठ १८, क्रिकेट हिमालय

सन्स्कार क्रिकेट एकेडमिको आयोजनमा धनगढी, कैलालिमा आगामी कार्तिक २७ गते देखि ” निस्ट कलेज – लिटल फ्लावर प्रीमियर लिग ३” हुने भयको छ !

तस्बिर : अघिल्लो संस्करणको लिटल फ्लावर प्रीमियर लिग

उक्त प्रीमियर लिगमा देसभरिका १६ बिध्यालयहरुको सहभागिता रहने छ !

प्रतियोगिताको बिजेताले रु १,११,१५१/- र आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ! त्यसैगरी उप बिजेताले रु ५५,५५५/- , प्लेयर अफ द टुर्नामेन्टले रु १०,०००/- प्राप्त गर्नेछन भने प्रतियोगिताको बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, इमर्जिङ प्लयेरले जनही रु ५०००/- प्राप्त गर्नेछन ! उक्त प्रीमियर लिगमा प्रतेक खेलको प्लयेर अफ द म्याचले रु १०००/- तथा आकर्सक ट्रफी प्राप्त गर्नेछ !

प्रतियोगिताको सन्चालन, समन्वय र ब्यवस्थापन सन्स्कार क्रिकेट एकेडमिले गर्नेछ भने लिटल फ्लावर प्रीमियर लिग ३ को मुख्य प्रायोजक निस्ट कलेज, काठमान्डौ रहेको छ !

सन्स्कार क्रिकेट एकेडमी अध्यक्ष रामचन्द्र साही,

“प्रतियोगितालाई देसकै नमुना बिध्यालय स्तरिय प्रतियोगिताको रुपमा बिकास गर्दै समग्र नेपाली क्रिकेटलाई योगदान दिने मुल उद्देस्य रहेको छ “