Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस क्रिकेट एकेडेमी श्रीलन्का भ्रमण तेश्रो दिन : यु-१६ टिम बिजयी, यु-१९ पराजित !

जेष्ठ १७, क्रिकेट हिमालय

नेक्सस क्रिकेट एकेडेमीको यु-१९ र यु-१६ को टिम श्रीलंका भ्रमणमा छ, आज तेश्रो दिनको खेलमा यु-१६ बिजयी भएको छ भने यु-१९ ले हार बेहोरेको छ ।

एनसिए यु-१६ : ५ विकेटले बिजयी

श्रीलंकामा जारी सिरिज अन्तर्गत नेगाेम्बाे खेल मैदान मा सम्पन्न यु-१६ काे खेलमा टिम बासिलिका श्रीलंका ले पहिलाे ब्याटिङ गर्दै निर्धारित ३० अाेभरमा ७ विकेटको क्षतिमा १२१ रन बनाएकाे थियाे । बलिङ तर्फ एन सि ए का सृजन गुरूङ, क्रिस कार्की,रूपेश खड्का र सुमन सुन्दास ले समान १/१ विकेट लिएका थिए । १२२ रन काे लक्ष्य पाएकाे एनसिए ले ५ विकेट काे क्षेतीमा १८ अाभर मै खेलकाे नतिजा अाफ्नाे पक्षमा पार्दै सिरिजमा दाेस्राे जित हासिल गरेकाे छ । ब्याटिङ तर्फ सृजन गुरूङले ४१, सुनाेज केसी ले २९, बिपीन शाही २८ र सुमन सुन्दासले २१ रन काे पारी खेल्दा श्रीलंका लाई सजिलै पराजित गर्न सफल भएकाे थियाे । उक्त खेल मा म्यान अफ दि म्याच सृजन गुरूङ भएका थिए ।

अाजकाे जित संगै एन सि ए – २ र श्रीलंका – १ काे अबस्थामा छन

एनसिए यु-१९ : लगातार तेस्राे हार

श्रीलंकामा आजै सम्पन्न सिरिज अन्तरगतकाे तेस्राे यु-१९ काे खेल पनि एनसिए ले ४१ रनले हारेकाे छ । टिम बासिलिका श्रीलंकाले टस जितेर पहिलाे ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ११० रन बनाएकाे थियाे । बलिङ तर्फ एनसिए का बिशाल पाैडेलले ५ अाेभर बलिङ गर्दै ११ रनकाे क्षेतिमा ५ विकेट लिएका थिए भने साहिल ढकाल र पप्पु यादबले समान २/२ विकेट लिए । १११ रन काे लक्ष्य पाएकाे एनसिए ले निर्धारित २५ अाेभरमा १० विकेटको क्षेतीमा ६९ रन मात्र बनाएकाे थियाे । एनसिए का चिराग शाहले ३९ र दिपेन्द्र शाहीले १३ रनकाे याेगदान दिएका थिए । उक्त खेलमा म्यान अफ दि म्याच बिशाल पाैडेल भएका छन ।

स्कोरकार्ड