Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप पाचौ दिन : त्रिभुवन आर्मी क्लब बिजयी !

जेष्ठ १७, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा टि यु र मुलपानी मैदानमा जारी सर्बाधिक रासिको एकदिवसीय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्गत पाचौ दिनको एक मात्र खेलमा त्रिभुवन आर्मी क्लब द्रारा प्रदेश नम्बर २ लाई ५५ रनले पराजित गरेको छ ।

टस जितेर फर्स्ट ब्याटिङ गरेको आर्मीले ४९.३ ओभरमा अलआउट हुदै २ सय ४४ रनको योगफल खडा गरेको थियो । आर्मिका लागी राजु रिजालले अर्धसतकिय ५० रनको पारि खेले उनले ८५ बल सामना गर्दै ५ चौका र १ छ्क्का प्रहार गरेका थिए । यस्तै राजेश पुलामी मगरले ४० रन, सोमपाल कामीले ४१ रन, अनिल कुमार मन्डलले ३५, बिनोद भन्डारीले २३ र सुशन भारी ले १२ रन को योगदान गरेका थिए । प्रदेश २ का लागि मलिकले सर्बाधिक ३ बिकेट लिए भने सम्साद शेख, मेहबुब आलम र रसिद खानले समान २/२ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको प्रदेश नम्बर २ ले खेल बर्षाले प्रभावित भएपछी नया लक्ष्य २ सय ३८ रन पाएको थियो । पुरै निर्धारित ४० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाएर मात्र १ सय ८२ रन बनाएपछी ५५ रनले पराजित रह्यो । प्रदेश नम्बर २ का लागि सुरज पटेलले सर्बाधिक ४८ रन अबिजित बनाए भने हरि शाह र रसिद खानले समान ३४/३४ रन, हसिम अन्सारीले २८ रन बनाएका थिए । आर्मिका सोमपाल कामीले सर्बाधिक ३ तथा सागर पुन, सुशन भारी र शाहब आलमले समान २/२ विकेट लिएका थिए ।