Cricket Himalaya
Cricket News From Top of The World

नेपालफ्लिक्स (NEPALFLIX) तेश्रो इ पि एल को अफिसियल ग्लोबल डिजिटल ब्रोडकास्ट पार्टनर !

एभरेस्ट प्रिमियर लिग (इपिएल) ले आज एक कार्यक्रम बिच तेश्रो सिजनको अफिसियल डिजिटल ब्रोडकास्ट पार्टनर “नेपालफ्लिक्स (NepalFlix)” रहेको घोषणा गरेको छ । नेपालफ्लिक्सले इपिएल तेश्रो सिजनका खेलहरुको वोर्ल्डवाईड रुपमा लाइभ र हाईलाईट्स प्रसारण गर्नेछ । नेपालफ्लिक्स इपिएल तेश्रो सिजनको फर्स्ट ग्लोबल पार्टनरको रुपमा रहेको छ । नेपालफ्लिक्स, साउथ एसियामा विभिन्न स्पोर्ट्स र ईन्टरटेन्मेन्ट इभेन्टहरुको लाइभ स्ट्रीमिङ गर्ने गर्दछ । “बोङो”, जो बङलादेसमा डिजिटल इन्टर्टेन्मेन्ट मार्केटिङमा लिडिङ पोजिसनमा रहेको छ, को इनिसियसनमा नेपालफ्लिक्स अघि बढ्दै छ । नेपालफ्लिक्सले पाकिस्तान सुपर लिग र बाङ्लादेश प्रिमियर लिगको पनि लाइभ स्ट्रीमिङ गरिसकेको छ । ग्लोबल पार्टनरको रुपमा नेपालफ्लिक्सले इपिएल लाई नेपाल भन्दा बाहिर लग्नेछ ।