Cricket Himalaya
Cricket News From Top of The World

डिलाइट रोयल तुलसिपुर र घोराही ब्लास्टर्स दङाली क्रिकेट लिगको फाइनलमा प्रबेश !!

जेष्ठ १६, क्रिकेट हिमालय

दङाली क्रिकेट क्लब द्वारा दाङमा जारी “दङाली क्रिकेट लिग” को आज सम्पन्न सेमिफाइनल खेलहरुमा बिजयी हुँदै डिलाइट रोयल तुलसिपुर र घोरासी ब्लास्टर्स फाइनलमा प्रबेश गरेका छन ।

पहिलो खेल : डिलाइट रोयल तुलसिपुर र गोधवा लायन्स

लमही क्रिकेट मैदानमा डिलाइट रोयल तुल्सिपुर र गोधवा लायन्स बिच सम्पन्न खेलमा डिलाइट रोयल तुलसिपुर २ विकेटले बिजयी भएको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको गधवा लायन्सले २० ओभरमा ८ विकेट गुमाउदै ९६ रन बनाएको थियो । नासिरले २८, अनन्त बौडेलले २३, दिपेस साक्यले १८* रन बनाएका थिए । डिलाइटका सुमन डागीले २ विकेट, रमेस मगर, बिश्नु ठकुरी र दिनेस पान्डेले समान १/१ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको डिलाइट १९.१ ओभरमा ८ विकेट गुमाउदै ९७ रन बनाएपछी रोमान्चक २ विकेटको जित हात पार्यो । डिलाइटका लागी सन्देश पान्डेले २७, अरुन लहरी १७, बिश्नु ठकुरिले १२ रनको योगदान दिएका थिए । गोधवाका आसिस थापाले ३ विकेट, अनन्त बौडेलले २ विकेट, सन्देस के सि र आइसुद्दिन सिद्धिकिले समान १/१ विकेट लिएका थिए ।

रोयल तुलसिपुरका सुमन डागी २ विकेट र ९ रन बनाउदै म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल : घोराही ब्लास्टर्स र लमही किङ्स

टस जितेर फर्स्ट ब्याटिङ गरेको घोराही बि डागीले ४३, रबिन थापाले ३१, बिराट भन्डारिले १८ रनको योगदान दिएपछी निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १२७ रन बनाएको थियो । लमहिका ए सिङ, जम्बो मगरले समान २/२ विकेट र निर्मल साहिले १ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको लमही किङ्स २० ओभरमा ७ विकेट गुमाउदै १११ रन मात्र बनाउन सकेपछी १६ रनले पराजित रह्यो । लमहिका केसब अधिकारीले ३०, भुवन केसि १९, सन्तोश सुनार १३, सुजन पुनले १२ रन बनाएका थिए । घोराहिका बलर सुदिप नेपालीले उच्च ३ विकेट लिएका थिए ।

बिनायक डागी ४३ रन बनाउदै म्यान अफ द म्याच भएका थिए ।

फाइनल खेल पर्सि सुक्रबार हुने जानकारी दङाली क्रिकेट क्लबका अध्यक्ष कमल डागीले दिएका छन ।