Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस क्रिकेट एकेडेमी श्रीलंका भ्रमण पहिलो दिन : यु-१९ पराजित, यु-१६ बिजयी !

जेष्ठ १५, क्रिकेट हिमालय

नेक्सस क्रिकेट एकेडेमी मार्फत श्रीलन्का भ्रमणमा रहेको एन सि ए यु-१९ आफ्नो पहिलो खेलमा ३२ रनले पराजित रहेको छ भने यु-१६ टिम ७ विकेटले बिजयी भएको छ ।

एन सि ए यु-१९ र टिम बासिलिका

श्रीलंकामा जारी सिरिज मा एन सि ए यु-१९ आफ्नो पहिलो खेलमा टिम बासिलिका, श्रीलंका सँग पराजित भएको छ ।

टिम बासिलिका श्रीलंकाले टस जितेर पहिलाे ब्याटिङ गर्दै १२४ रन बनाउदै अल अाउट भएकाे थियाे । बलिङ तर्फ एन सि ए का कैलाश पंगेनिले ३ अाेभर बलिङ गर्दै १९ रनकाे क्षेतिमा ४ विकेट लिएका थिए भने साहिल ढकाल ले १.५ अाेभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए । १२५ रनकाे लक्ष्य पाएकाे एन सि ए ले ८ विकेटको नोक्सानीमा ९२ रन मात्र बनाएकाे थियाे । क्याप्टेन बिशाल पाैडेलले ३८ बलमा ५३ रनकाे याेगदान दिए पनि अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न नसक्दा एन सि ए ले पहिलाे खेल ३२ रनले गुमाएकाे छ ।

बर्षाका कारण अाजकाे यु-१९ खेलकाे निर्धारित ३० अाेभर बाट घटाएर १५ अाेभर मात्र खेलाईएकाे थियाे ।

एन सि ए यु-१६ र टिम बासिलिका

श्रीलंकामा जारी सिरिजमा यु-१६ काे खेलमा टिम बासिलिका, श्रीलंका ले पहिलाे ब्याटिङ गर्दै ८७ रन बनाउदै अल अाउट भएकाे थियाे । बलिङ तर्फ एन सि ए नेपालका रिवाज खड्काले २ अाेभर बलिङ गर्दै ८ रन खर्चेर ४ विकेट लिएका थिए भने क्रिस कार्की ले २ अाेभर मा १२ रन दिदै ३ विकेट लिएका थिए । त्यस्तै सृजन गुरूङ ले २ अाभर मेडन राख्दै १ विकेट र सुमन सुन्दासले २ अाेभर बलिङ गर्दै ९ रन खर्चेर २ विकेट लिए । ८८ रनकाे लक्ष्य पाएकाे एन सि ए ले ३ विकेट काे क्षेतीमा १० ओभर मै खेलकाे नतिजा अाफ्नाे पक्षमा पार्दै सिरिजकाे पहिलाे खेल ७ विकेटले बिजयी भएकाे छ । ब्याटिङ तर्फ सृजन गुरूङले नटअाउट ३१ रन बनाए भने सुमन सुन्दासले १८ बल खेलेर २८ रन बनाएका थिए ।