Cricket Himalaya
Cricket News From Top of The World

नवौ रास्ट्रीय बहिरा क्रिकेट दोश्रो दिन : रुपन्देही, धरान र काठमाडौ बिजयी !

जेस्ठ १५, क्रिकेट हिमालय

रास्ट्रीय बहिरा क्रिकेट संघ द्वारा बाकेको प्रस्तावित अन्त्ररास्ट्रीय कोहलपुर क्रिकेट मैदानमा हिजो बाट सन्चालित नवौ रास्ट्रीय बहिरा क्रिकेट प्रतियोगिता, २०७५ अन्तर्गत रुपन्देहि, धरान र काठमान्डौ बिजयी भयका छन

खेल न १ : रुपन्देही र मोरङ

पहिलो खेलमा रुपन्देहिले मोरङलाइ ९ विकेटले पराजित गरेको थियो !

फर्स्ट ब्याटिङ गरेको मोरङले १५.१ ओभरमा अल आउट हुँदै मात्र ५७ रन बनायको थियो ! मोरङका लागि ललन चौधरी १६(१३), मनोज साहले ७ (१२) रन बनायका थिय ! रुपन्देहीका बलर रोसन थापाले ३ विकेट, केसब न्यौपानेले २ विकेट लियेका थिय !

झिनो लक्ष रुपन्देहिले केसब न्यौपाने १४(१८) र जितेन्द्रको २६*(२७) को सहयोगमा ८.४ ओभरमा १ विकेट गुमाउदै पूरा गरेको थियो ! मोरङका ललन चौधरिले १ विकेट लियेका थिय !

खेल न २ :धरान र झापा

फर्स्ट ब्याटिङ गरेको झापाले तकथुङ पवङा १६(२४), सन्तोश गुप्ता २२(३१) को सहयोगमा १९.५ ओभरमा अल आउट हुँदै ९९ रन बनायको थियो ! धरानका विकेस राइले ३ विकेट, निरज श्रेष्ठ र भिजन राइले समान २/२ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको धरान १७.३ ओभरमा ६ विकेट गुमाउदै १०० रन बनायपछी ४ विकेटले बिजयी रह्यो ! धरानका लागि बिजय कु राई ३५(४३), कृश्न धामी ३३(३९) रन बनायका थिय ! झापाका बलर सन्तोश गुप्ता र जसोधर साहले समान २/२ विकेट लियेका थिय !

खेल न ३ : बाके र काठमाडौ

फर्स्ट ब्याटिङ गरेको काठमाडौले इश्वर सिंह ५५*(५८), अजय कार्की २९(२०) को सहयोगमा ७ विकेट गुमाउदै १४७ रन बनायको थियो ! बाकेका सन्तोश केसिले ३ विकेट, पि बडुवालले २ विकेट लियेका थिय !

विशाल लक्ष पछ्यायको बाके १८.६ ओभरमा अल आउट हुँदै १०८ रनमा समेटियेपछी ३९ रनले पराजित रह्यो ! बाकेका लागि जसोधर बुढाछेत्रीले ३६(४०), प्रजवल सुबेदिले ११(२५) रन बनायका थिय ! काठमान्डौका बलर अजय कर्ण, सिद्धार्थ लामा, रिबेस श्रेष्ठ र इश्वर सिंहले समान २/२ विकेट लियेका थिय !