Cricket Himalaya
Cricket News From Top of The World

पि एम कप पहिलो दिन : प्रदेश न ७ र ए पि एफ बिजयी !

जेष्ठ १३, क्रिकेट हिमालय/मोहन ज्ञवाली

राष्ट्रिय खेलकुद परिषदको आयोजना र इभेन्ट कम्पनी “नेपालय” को ब्यबस्थापनमा आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज भएका दुईवोटा खेलहरुमा ए पि एफ र प्रदेश नम्बर ७ बिजयी भएका छन ।

प्रदेश नम्बर ४ र ए पि एफ (टि यु)

टि यु मैदानमा ए पि एफ र प्रदेश न ४ बिच भएको उद्धाटन खेलमा टस जिति ब्याटिङ गरेको प्रदेश नम्बर ४ ले निर्घारित ५० ओभरमा ९ विकेट गुमाउदै २३९ रन बनाएको थियो । प्रदेश नम्बर ४ को लागि बिधान श्रेष्ठले ४३, हरि चौहान ५७, बिपिन खत्रीले २७ तथा अनिल गुरुङले २१ रन बनाएका थिए । ए पि एफ को बलर कमल सिङ ऐरिले ३, अमर सिङ राउटेलाले २ तथा करन केसि र पृथु बास्कोटाले समान १/१ विकेट लिए । २४० रनको बिजय लक्ष्यका साथ मैदान उत्रेको ए पि एफ ले ३६.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । ए पि एफ को लागि रोहित पौडेलले अबिजित ७३ रन, पृथु बास्कोटा ५३, सुबास खकुरेल ४८ र प्रदिप ऐरिले ३७ रनको योगदान दिएका थिए । प्रदेश नम्बर ४ को बलिङ तर्फबाट बिपिन खत्री, हरि चौहान, एम बि सेन, सुमन घिमिरे र सन्तोष न्यौपानेले समान १/१ विकेट लिए ।

४१ बल मा ७३ रन को अबिजित पारी खेल्दै ३ छक्का र १० चौका हानेका रोहित पौडेल म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रदेश नम्बर ७ र प्रदेश नम्बर ६ (मुलपानी)

मुलपानी भएको दोस्रो खेलमा प्रदेश नम्बर ७ बिजयी भएको छ । टस हारी ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाई १२५ रन बनाएको थियो । प्रदेश नम्बर ७ लाई सन्जु दमाई ले ५४ रन र सुरेन्द्र चन्दले २५ रन बाहेक अन्य कुनै ब्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन । प्रदेश नम्बर ६ को बलिङ तर्फबाट टेक सलामीले ८.२ ओभरमा १२ रन दिई महत्त्वपूर्ण ५ विकेट लिए भने दिनेस पुनले २ तथा प्रकाश जैसी र बिरेन्द्र चन्दले समान १/१ विकेट लिए । १२६ रनको बिजयी लक्ष्य साथ मैदानमा उत्रेको प्रदेश नम्बर ६ मात्र २२.२ ओभरमा ७७ रनमा समेटिदा प्रदेश नम्बर ७ ले ४८ रनको अपत्यारिलो जित निकाल्यो । प्रदेश नम्बर ६ तर्फबाट रबिन्द्र साही २५ रन, दिनेश पुनले १३ रन बाहेक अन्य कुनै पनि ब्याटिङ लाइन चल्न सकेनन । प्रदेश नम्बर सातको बलिङ तर्फबाट सेर मल्ल ले ५ विकेट लिदा बिनोद लामा र सन्तोष भट्टले समान २/२ विकेट र बिक्रम ठकुन्ना ले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दि म्याच ७.२ ओभर १ मेडेन गरि २१ दिई ५ विकेट लिएका सेर मल्ल भए ।