Cricket Himalaya
Cricket News From Top of The World

कैलालिमा सम्पन्न अन्तर बिद्यालय स्कुल क्रिकेटमा लिटल फ्लावर बोर्डिङ हाइस्कुल बिजयी !

जेष्ठ १२, क्रिकेट हिमालय

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा बैशाख २८ देखि सुरु अन्तर विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधी लिटल फ्लावर बोर्डिङ हाइस्कुलले कब्जा गरेको छ ।

धनगढीमा आज सम्पन्न फाइनलमा धनगढीकै जेसिज एभरेस्ट स्कुललाई ९ विकेटको फराकिलो अन्र्तरले पराजित गरेर उपाधि कब्जा गरेको हो । फर्स्ट ब्याटिङ रोजेको जेसिजले अन्तिम ओभरमा सवै विकेट गुमाउदै १०१ रन बनायो । उस्का लागि भरत सिंहले २५ रनको योगदान दिए । बलिङमा लिटल फ्लावरका कप्तान समेत रहेका शैलेस अवस्थीले ह्याट्रिक सहित ४ विकेट लिए भने किशोर सिंहले २ विकेट लिए । १०२ रनको लक्ष्य सहित मैदानमा उत्रीएको लिटल फ्लावरले १ विकेटको क्षतीमा लक्ष्य भेटाएको हो । उस्को जितमा भरत सिंहले ४८, राजेन्द्र चन्दले २४ र अनिल थापाले १२ रन बनाए ।

विजेता भएसंगै लिटल फ्लावरले २० हजार नगद सहित ट्रफ्री र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जेसिजले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताका उदयमान खेलाडी सिद्धार्थ शिशु सदनका विकेक चन्द, म्यान अफ द सिरिज एक्सिसका कविन्द्र साह घोषित भए ।