Cricket Himalaya
Cricket News From Top of The World

नेपालले एकदिवसिय खेल नेदरल्याण्ड्ससँग खेल्दै

[फोटो : ICC]

जेष्ठ १०, क्रिकेट हिमालय

नेपालले एक दिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएको छ । नेपालले विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीलाई पराजित गर्दै पहिलोपल्ट ४ बर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो । क्रिकेट सम्बन्धी वेबसाईट क्रिकबजले जनाएअनुसार नेपाल र नेदरल्याण्डवीचको एतिहासिक एक दिवसीय खेल अगष्ट १ र ३ तारिखमा हुनेछ । तर खेल हुने मैदानको टुङ्गो भने लागेको छैन । एक दिवसीय खेल नेदरल्याण्ड, नेपाल र एमसीसीवीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुनेछ । अन्तिमपटक नेपाल र नेदरल्याण्ड जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा भिडेका थिए, जुन खेलमा नेदरल्याण्डसँग ४५ रनले नेपाल पराजित हुन पुगेको थियो ।