Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस क्रिकेट एकेडेमीकाे यु-१९ र यु-१६ टिमले श्रीलन्कामा सिरिज खेल्ने !!

जेष्ठ ९, क्रिकेट हिमालय

साग हिमालयकाे समन्वय तथा बासिलिका क्रिकेट एकेडेमीकाे अायाेजनामा श्रीलंकाकाे काेलाेम्बाेमा सम्पन्न हुने सिरिज सहभागी हुदै गरेको नेक्सस क्रिकेट एकेडमिको (एनसिए) सम्पुर्ण तयारी पुरा भएकाे जानकारी एकेडेमीले दिएको छ । उक्त सिरिजमा सहभागी हुन नेक्सस क्रिकेट एकेडेमीका यु-१९ का ११ जनाकाे टिम र यु-१६ का ११ जना गरि २२ जना खेलाडी एबं नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गाैतमकाे नेतृत्वमा २४ जनाकाे टिम जेठ १२ गते श्रीलंका प्रस्थान गर्ने छ । जेठ १४, १५, १७, १८, १९, २० र २१ गते श्रीलंकन एयर फाेर्सकाे खेलमैदान नेगाेम्बाे, हाेराना खेलमैदान, श्रीलंकन अार्मीकाे खेलमैदान र बेल्सी खेलमैदान गरि ४ वटा ग्राउन्डमा खेलहरू हुने छन । दुबै टिमले ७/७ म्याचकाे सिरिज खेल्ने छन भने हरेक खेल ३०/३० अाेभरका हुने छन । जेठ ११ गते नेक्सस क्रिकेट एकेडेमीमा खेलाडीहरूकाे बिधाई कार्यक्रम रहेको छ ।

भ्रमण टिम