Cricket Himalaya
Cricket News From Top of The World

प्युठानमा हुने “दिहाल्ना खेलकुद महोत्सब” अन्तर्गत क्रिकेट प्रतियोगिता हुँदै !

जेष्ठ ८, क्रिकेट हिमालय

प्युठान को उत्तरी साविकको लिबाङ्ग गाबिस हालको झिम्रुक गाउपालिका वडा न ८ स्थित प्रस्तावित लालिगुरास रंगशाला दिहाल्नाचौरमा यही जेष्ठ १२ देखि १६ सम्म “दिहाल्ना खेलकुद महोत्सव/क्रिकेट प्रतियोगिता” हुन गईरहेको छ ।

झिम्रुक गाउपालिका वडा न ८ को कार्यालय द्वारा आयोजित उक्त प्रतियोगितामा ९ वटा स्थानीय तह सहित आयोजक १ गरि कुल १० टिम सहभागी रहनेछन । प्रतियोगिताको बिजेता टिमले रु ७५०००/- प्राप्त गर्नेछ । दोश्रो हुनेले रु ५००००/-, तेस्रोले रु ३००००/- र चौथोले रु १५०००/- प्राप्त गर्नेछन भने प्रतियोगिताको दर्ता शुल्क रु ५०००/- मात्र रहेको छ ।

प्रतियोगिता सम्बन्धमा केही जानकारी वा सहयोग गर्न परेमा सम्पर्क ब्यक्ती श्री तेजबहादुर पुनलाई तोकिएको छ (९८४१५५३८१७ ९८०२९६९७०७)