Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग चौथो दिन : केसिटिसि र त्रिभुवन आर्मी क्लब बिजयी !

जेष्ठ ६, क्रिकेट हिमालय

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग अन्तर्गत आज सम्पन्न चौथो दिनको खेलहरुमा काठमान्डौ क्रिकेट ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लब बिजयी भएका छन ।

पहिलो खेल : काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर र रोयल राइजिंग क्रिकेट क्लब

काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले (केसीटिसी) निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो । खराब सुरुवात गरेको केसीटिसीले सुरुवाती ५ विकेट मात्र ३२ रनको स्कोरमा गुमाएको थियो । छैठौ विकेटको लागि बिपिन आचार्य र बिबेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन पार गराएका थिए । बिपिनले ५७ रन तथा बिबेकले ४५ रनको इनिंग खेले जुन क्रममा बिपिनले ३९ बलमा ७ चौका र १ छक्का तथा बिबेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । रोयल राइजिंगका बलर प्रकाश जैसीले ३ विकेट तथा बिबस सिरी र विजय बिस्टले समान २/२ विकेट हात पारे । लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंगले पुरा २० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । राइजिंगको लागि ओपनिङ्ग ब्यट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाउने क्रममा ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे पनि जितको लागि पर्याप्त हुन सकेन । केसीटिसीका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट हात पारे ।

खेलको प्लेयर अफ द म्याच बिपिन आचार्य घोषित भए ।

दोश्रो खेल : त्रिभुवन आर्मी क्लब र महाकाली क्रिकेट क्लब

दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १२९ रन बनाएको थियो । उसको लागि कप्तान सुरेन्द्र चन्दले सर्वाधिक २९ रन बनाए भने दिपेन्द्र चन्द र प्रकाश सिंहले समान १९/१९ रन बनाए । किरन ठगुन्नाले १६ तथा नरेश बोहराले १३ रन योगदान दिए । आर्मीका बलर सुशन भारि, बिक्रम सोब र हरि कृष्ण झाले समान १/१ विकेट हात पारे । १३० रनको लक्ष्य आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो । लक्ष्य पछ्याउने क्रममा ५५ रनमा पहिलो ५ विकेट गुमाएको त्रिभुवन आर्मी क्लबको लागि छैठौं विकेटको साझेदारीको रुपमा बिक्रम सोब र नरेश बुढाएरले अविजित ७९ रनको साझेदारी गरेका थिए । बिक्रमले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने नरेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे । महाकालीका बलर बिकाश आग्रीले ३ विकेट तथा रोबिन क्षेत्री र महेन्द्र ठगुन्नाले समान १/१ विकेट हात पारे ।

त्रिभुवन आर्मिका बिक्रम सोब म्यान अफ द म्याच भएका थिए ।