Cricket Himalaya
Cricket News From Top of The World

माछापुच्छ्रे क्रिकेट क्लब “कास्की क्रिकेट लिग” को उपाधी बिजेता !!

जेष्ठ ५, क्रिकेट हिमालय

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजन रहेको कास्की जिल्ला क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगको उपाधि माछापुच्छ्रे क्रिकेट क्लबले जितेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेल माछापुच्छ्रे क्रिकेट क्लब र सङ्रिला क्रिकेट क्लब बिच भएको थियो । टस जितेर फर्स्ट ब्याटिङ गरेको माछापुच्छ्रे क्रिकेट क्लबले २६.४ ओभरमा अल आउट हुँदै १०४ रन बनाएको थियो । माछापुच्छ्रेका लागि दिपेस खत्री ३(९), मनोज के ७(१२), महेस आर ०(२), प्रबिन डि ७(२४), अमृत गुरुङ ६१(६६), बिनय बि १(११), राजु गुरुङ १(९), कृश्न बि ७(१०), अनुप एस ०(१२), बिबेक बि १(२), स्वन्तान पि ०*(३) रन बनाएका थिए । सङ्रिलाका बलर बिपिन के ले ४ विकेट, सुदिप पि ले २ विकेट, सिभ एस ले २ विकेट र समीर एस ले १ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको सङ्रिला २३.३ ओभरमा अल आउट हुँदै ९३ रन मात्र बनाएपछी ११ रनको पराजय बेहर्यो । सङ्रिलाका लागि बिराट डि ४(२२), राजु के ०(७), सुदिप पि ०(७), मिलम टि ०(३), बिपिन के ३२*(२३), समीर एस ०(१), शिव एस ५(१९), अरुन ए २६(४१) सुजन गुरुङ १(४), सुदिप बि २(८), रमेस बि ०*(६) रन बनाएका थिए । माछापुच्छ्रेका बलर दिपेस खत्रीले ३ विकेट, राजु गुरुङले ३ विकेट, कृश्न बि ले २ विकेट, अमृत गुरुङले १ विकेट लिएका थिए ।

कुल ५ टिम सहभागी “कास्की क्रिकेट लिग” मा माछापुच्छ्रे क्रिकेट क्लब प्रथम, साङ्रीला क्रिकेट क्लब दोश्रो, तेस्रो स्थानमा पोखरा क्रिकेट क्लब, चौथो स्थानमा पोखरा क्रिकेट एकेडेमी र पाँचौ स्थानमा तीन अंकसहित अरुण ज्योति क्रिकेट क्लब रहँदै प्रतियोगिताबाट विट मार्यो ।

प्रतियोगितामा म्यान अफ द फाइनल एवम बेस्ट ब्याट्सम्यान माछापुच्छ्रेका अमृत गुरुङ, बेस्ट बलर पोखरा क्रिकेट क्लबका बिजय राउत, म्यान अफ द सिरिज साङ्रीलाका बिपिन खत्री भएका थिए ।

सामाजिक बिकास मन्त्री श्री नरदेबी पुनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । समापन समारोहमा मन्तब्य राख्दै मन्त्री पुनले प्रदेश न ४ मा अन्त्ररास्ट्रीय स्तरको मैदान बनाउन अहिले तत्काल रु ११ लाख छुट्ट्याईएको र छिट्टै निर्माण समिती बनाइने बताउनु भएको थियो ।

राष्ट्रिय खेलाडी करण के सि र यु-१६ का मेख बहादुर सेनलाई सम्मान गरिएको उक्त कार्यक्रममा सभासद दिपक कोइराला, ओम डेभलपमेन्ट बैन्क र पोखरा राइनोज लाई धन्यवाद ज्ञापन गरिएको थियो ।

ओम डेभलपमेन्ट बैन्कका सि इ ओ विश्व मोहन अधिकारी बाट मन्तब्य सहित सुरु गरिएको समापन कार्यक्रममा स्वागत मन्तब्य सम्योजक ओम प्रकाश श्रेष्ठ र धन्यवाद मन्तब्य कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले राख्नु भएको थियो ।