Cricket Himalaya
Cricket News From Top of The World

सर्लाहिमा सम्पन्न मलंगवा प्रिमियर लिगको उपाधी मलंगवा-८ ले जितेको छ !!

जेष्ठ ५, क्रिकेट हिमालय

सर्लाही मलङवामा सम्पन्न “मलंगवा प्रिमियर लिग” को उपाधी वडा नं ८ ले जितेको छ । फाइनल खेल वार्ड न ३ र ८ बिच भएको थियो ।

टस जिति फर्स्ट ब्याटिङ गर्दै वडा नं ३ ले ९० रनको योगफल तयार गर्‍यो, जवाफमा ब्याटिङमा उत्रिएको वडा नं ८ ले ९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो । वार्ड न ८ का लागी हसिम अन्सारीले ४०* बनाउन सफल भए । मेहबुब आलम ४ विकेट लिदै म्यान अफ द फाइनल घोषित भएका थिए । ६ खेल खेल्दै ३१५ रनका साथै १० विकेट हात पारेका हसिम अन्सारी प्लेयर अफ द सिरिज भएका थिए ।