Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग तेश्रो दिन : मध्यपस्चिम क्रिकेट क्लब र डिसिए बिजयी, रुपन्देही ११ ले पराजित गर्यो आर्मिलाई !!

जेष्ठ ५, क्रिकेट हिमालय/मोहन ज्ञवाली

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत तेश्रो दिनको खेलहरुमा मध्यपस्चिम क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडमी बिजयी भएका छन भने रुपन्देही ११ र त्रिभुवन आर्मी क्लबको खेल भने पानीले रद्ध भएको छ ।

पहिलो खेल : मध्यपस्चिम क्रिकेट क्लब र रोयल राइजिङ क्रिकेट क्लब

छैठौ खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो । मध्य-पश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट आफ्नो नाम गरे । रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए । ८८ रनको लक्ष्य मध्य-पश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए ।

खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत चुनिए ।

दोश्रो खेल : एबिसी स्पोर्ट्स क्लब र धनगढी क्रिकेट एकेडेमी

दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले एबिसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ । टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो ।

धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा ३५ बलमा ४ चौका प्रहार गरे । यस्तै बसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गरे । लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाए । एबिसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २/२ विकेट आफ्नो नाम गरे । लक्ष्य पछ्याउने क्रममा एबिसीले १२१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वाधिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए । धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाम गरे ।

खेलको प्लेयर अफ द म्याच सुनिल धमला घोषित भए ।

तेश्रो खेल : रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब

दिनको तेश्रो खेल भने पानीको कारण अवरुद्ध हुदै पुन भएको थियो, जसमा रुपन्देही ११ बिजयी भएको छ । पानी पर्नु अघि त्रिभुवन आर्मी क्लबले फर्स्ट ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको छ्यतिमा १५५ रन बनाउदै चुनौतीपूर्ण लक्ष रुपन्देही ११ समक्ष राखेको थियो । आर्मिका ब्याट्सम्यान सागर पुन २९(२५), बिनोद भन्डारी ३२(१३), भिम सार्की ४३(३०) रन बनाएका थिए । रुपन्देही ११ का कृश्न कार्की र बसिर अहमदले समान ४/४ विकेट लिएका थिए । लक्ष पछ्याउने क्रममा रुपन्देही ११ ले ३ ओभरमा १ विकेट गुमाउदै २४ रन् बनाउदा पानी पर्न सुरु गरेको थियो । शंकर राणाले २२(१२) रन बनाएर आउट भएका थिए । पानी रोकिएपछी रुपन्देही ११ ले ११ ओभरमा ९३ रनको नयाँ लक्ष्य पाएको थिए । बर्षाले रोकिए पछि सुरु भएको खेलमा ब्याटिङ गर्न आएका रुपन्देहीका अधिकान्स ब्यट्याम्यानहरु आर्मीको कडा बलिङ सामु लामो टिक्न सकेनन । सौरभ खनाल, सन्दिप सुनार, कृष्ण कार्की आउट भए पछि धर्मराएको रुपन्देहीको टिमलाई सुरज दराई मगरले उत्कृष्ट पारी खेल्दै जित तर्फ दोहोराएका थिए । सुरजले १६ वलको सामना गरि ४५ रनको अबिजित पारी खेल्दा ४ छक्का र ४ चौका प्रहार गरेका थिए भने आर्मिको तर्फबाट बिक्रम सोब ले ४ विकेट लिन सफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच बिस्फोटक ब्याटिङ गर्ने सुरज दराइ मगर घोषित भएका थिए ।