Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग दोश्रो दिन : तेश्रो खेलमा टिकापुर क्रिकेट क्लब बिजयी !

जेष्ठ ४, क्रिकेट हिमालय

कर्णाली प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको तेश्रो खेलमा टिकापुर क्रिकेट क्लबले महाकाली क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । फर्स्ट ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले प्रकाश सिंहले सर्वाधिक ३७ रन, नरेश बोहराले ३३ रन तथा सुरेन्द्र चन्दले २९ रनको सहयोगमा निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनको योगफल तयार गरेको थियो । टिकापुर क्लबका बबिन शर्मा र अर्जुन शाहीले समान २/२ विकेट हात पारे । मध्यम लक्ष्य पछ्याउने क्रममा टिकापुरले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो । रभी शाहले सर्वाधिक ५५ रन, आयुब चन्दले २४ तथा अजय बिस्टले २० रन बनाए । खेलको प्लेयर अफ द म्याच रभी शाह घोषित भए ।