Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग दोश्रो दिन : दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमी बिजयी !

जेठ ४, क्रिकेट हिमालय

कर्णाली प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले रोयल राइजिङ्ग क्लबलाई ४९ रनले पराजित गरेको छ । टस जितेर फर्स्ट ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको थियो । धनगढीको लागि लोकेश बमले सर्वाधिक २४ बलमा ३८ रन, कप्तान भुवन कार्कीले २६, सुनिल धमलाले २५ तथा बिपिन रावलले २३ रन योगदान दिए । बलिंगतर्फ रोयल राइजिंगका विजय बिस्टले सर्वाधिक ४ विकेट चन्द्र बिसी र दिवान पुनले २/२ विकेट लिए । बिशाल लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ्गले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो । प्रकाश जैसीले सर्वाधिक ४४ बलमा ६२ रन बनाएका थिए । धनगढी क्रिकेट एकेडेमी बलर पवन कार्की र महेश अधिकारीले समान २/२ विकेट तथा सुनिल धमला र भुवन कार्कीले १/१ विकेट हात पारे ।