Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग दोश्रो दिन : पहिलो खेलमा सन्दिप सुनारको उत्कृष्ट प्रदर्शनमा रुपन्देही ११ बिजयी !

जेष्ठ ४, क्रिकेट हिमालय/ मोहन ज्ञवाली

कर्णाली प्रिमियर लिगको दोस्रो दिनको पहिलो खेलमा रुपन्देहीले प्रभाबशाली जित निकालेको छ । आज को पहिलो खेलमा टस जिति ब्याटिङ रोजेको भेरीगङ्गा स्पोर्ट्स एकेडेमी १८.५ ओभरमा ६८ रनमा समेटिदा रुपन्देहीले ६९ रन लक्ष्य पाएको थियो । भेरीगङ्गाको पारी ध्व्स्त बनाउने क्रममा सन्दिप सुनार र बसर अहम्मदले समान ३/३ विकेट लिए भने बिक्रम भुसालले २ विकेट लिए । टस जिति ब्याटिङ रोजेको भेरीगङ्गाको खासै उल्लेखनीय ब्याटिङ प्रदर्शन रहन सकेन भेरीगङ्गाको लागि सौगात कार्की २० रन र प्रेम बिक १३ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन । ६९ रनको झिनो लक्ष्य रुपन्देही ५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो रुपन्देहीको जितमा सन्दिप सुनारले ११ बलमा ३१ रन बनाउने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे भने सौरभ खनालले ७ बल २४ रनको अबिजित पारी बनाउदा २ छक्का र ३ चौका लगाए साथै निस्चल चौधरी ५ रन बनाएर आउट हुदा शंकर राना ८ रनमा अबिजित रहे । आजको म्यान अफ दि म्याच रुपन्देहीमा सन्दिप सुनार भए ।

तस्बिर : मोहन ज्ञवाली