Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग पहिलो दिन : धनगढी क्रिकेट एकेडमी र टिकापुर क्रिकेट क्लब बिजयी !

सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमी बिजयी भएका छन ।

पहिलो खेल : टिकापुर क्रिकेट क्लब र भेरिगङा क्रिकेट क्लब

प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । फर्स्ट ब्याटिंग गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । टिकापुरका लागि अजय बिस्टले ३४ रन, अयुब चन्दले १९ रन र रवि शाहले १७ रन बनाए । बलिंगतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २/२ विकेट लिएका थिए । बिशाल लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा अल आउट हुदै मात्र ३५ रन बनाएको थियो । भेरिगङाको लागि लोकेन्द्र बिकेले उच्च १३ रन बनाएका थिए । टिकापुरका रवि शाह र अनिल बिकेले समान ३ विकेट लिए भने अजय बिस्टले २ विकेट लिएका थिए । अलराउन्ड प्रदर्शन गर्ने अजय बिस्ट म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल : धनगढी क्रिकेट एकेडेमी र मध्य पश्चिमान्चल क्रिकेट क्लब

फर्स्ट ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसका लागी बिपिन रावलले ३९ रन, बसन्त सिंह कार्कीले अविजित ३२ रन बनाएका थिए । बलिंगतर्फ मध्य पश्चिमान्चलक भरत थापाले ३ विकेट, सिद्धान्त शाही, आकाश बिस्ट र भिम धमलाले १/१ विकेट लिएका थिए । बिशाल लक्ष्य पछ्याउन उत्रेको मध्य पश्चिमान्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको ५२ रन, राजबिर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाएका थिए ।बलिंगतर्फ धनगढीका बिक्रम ठगुन्नाले ३ विकेट लिएका थिए । बसन्त सिंह कार्की म्यान अफ द म्याच भएका थिए ।

भोलिका खेलहरु

रुपन्देही ११ भर्सेज भेरीगङ्गा स्पोर्ट्स क्लब, बिहान ७ बजे

सन्दिप सुनारको उत्कृष्ट प्रदर्शनमा रुपन्देही ११ बिजयी

रोयल राइजिंग क्रिकेट क्लब भर्सेज धनगढी क्रिकेट एकेडेमी, बिहान १०:३० बजे

दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमी बिजयी

महाकाली क्रिकेट क्लब भर्सेज टिकापुर क्रिकेट क्लब, दिउसो २ बजे

तेश्रो खेलमा टिकापुर क्रिकेट क्लब बिजयी