Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो इटहरी टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिजेता त्रिभुवन आर्मी क्लब !!

बैशाख ३, क्रिकेट हिमालय

सेभेन स्टार क्लब, ईटहरीको आयोजना र किसान कल्याण बचत तथा सहकारी सन्स्थाको सह आयोजनामा यहि बैशाख २९ देखी जेष्ठ ३ सम्म नेपाल डि.भि.एम. ग्लोबल स्कुल, इटहरी -९ को खेल मैदान सन्चालित तेश्रो इटहरी टि२० रास्ट्रीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । कुल ८ टिमहरु नेपाल पुलिस क्लब, सप्तरी ११, सेबेन स्टार क्लब, महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब “बि”, होराइजन क्रिकेट क्लब, इनरुवा, मेची क्रिकेट एकेडेमी सहभागि उक्त कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका थिए । आज सम्पन्न फाइनल खेलमा फर्स्ट ब्याटिङ गरेको नेपाल पुलिस क्लबले कुसल भुर्तेलको उच्च २५ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाउदै मात्र १२० रन बनाएको थियो । झिनो लक्ष पछ्याएको आर्मीले १७.४ ओभरमा २ विकेट गुमाउदै १२३ रन बनाएपछी सहज ८ विकेटको जित हात पार्दै उपाधी कब्जा गर्यो । प्रतियोगिताको बिजेता त्रिभुवन आर्मी क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ७५ हजार प्राप्त गर्यो, उप बिजेता नेपाल पुलिस क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ४० हजार प्राप्त गरेको छ । 

म्यान अफ द सिरिज आर्मिका हरि कृश्न झाले रु १० ह्जार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट बलर पुलिसका मन्जित श्रेष्ठ र ब्याट्सम्यान मेचीनगरका अन्कित सुबेदीले रु ५/५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।