Cricket Himalaya
Cricket News From Top of The World

हेटौडा टि-२० कप : मकवानपुर क्रिकेट क्लबलाई उपाधी

जेष्ठ २, क्रिकेट हिमालय

मकवानपुर जिल्ला क्रिकेट संघ द्वारा हेटौडामा सम्पन्न “हेटौडा टि-२०” कपको उपाधी मकवानपुर क्रिकेट क्लबले जितेको छ । फाइनलमा मकवानपुर क्रिकेट क्लब र मकवानपुर क्रिकेट एकेडमी भिडेका थिए । फर्स्ट ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन बनाएको थियो । झिनो लक्ष पछ्यायको मकवानपुर क्रिकेट एकेडमी १०० रनमा अल आउट भएपछी १२ रनले पराजित रह्यो ।

उक्त प्रतियोगिताको म्यान अफ द सिरिज हसिम अन्सारी भएका थिए ।