Cricket Himalaya
Cricket News From Top of The World

इटहरी टि २० : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रबेश !

जेष्ठ २, क्रिकेट हिमालय

इटहरिमा जारी इटहरि टि२० अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलहरुमा बिजयी हुदै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रबेश गरेका छन । आज सम्पन्न सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सेभेन स्टार क्लबलाइ १३२ रनले पराजित गरेको थियो भने र नेपाल पुलिस क्लबले मेचीनगर क्रिकेट एकेडेमीलाई ६१ रनले पराजित गरेको थियो ।

पहिलो सेमिफाइनल : त्रिभुवन आर्मी क्लब र सेभेन स्टार क्रिकेट क्लब

फर्स्ट ब्याटिङ गरेको आर्मी महेश छेत्री २५, राजु रिजाल २४, इन्द्रकमल मानन्धर ५९*, जितेन्द्र मुखिया २८ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । सेभेन स्टारका बलर अमीत भगतले ३ विकेट, बिकल्पले २ विकेट लिएका थिए । बिसाल लक्ष पछ्यायको सेभेन स्टार १६.३ ओभरमा अल आउट हुदै ४० रन मात्र बनाएपछी बिसाल १३२ रनको पराजय भोग्यो । आर्मिका बलर जितेन्द्र मुखिया ३ विकेट, साहब आलम र हरि सन्कर झाले २/२ विकेट लिएपछी सेभेन स्टारका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन ।

दोश्रो सेमिफाइनल : नेपाल पुलिस क्लब र मेचिनगर क्रिकेट एकेडमी

फर्स्ट ब्याटिङ गरेको पुलिसले योगेन्द्र कार्की ३९, अबिनाश कर्ण २८, प्रेम तामाङ र मन्जित श्रेष्ठको समान ११/११ रनको सहयोगमा २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थिए । मेचिनगरका बलर सन्दिप ढुङानाले ४ विकेट, राज थापाले २ विकेट लिएका थिए । मध्यम स्कोर पछ्यायको मेचिनगर १८.४ ओभरमा अल आउट हुदै ८८ रन मात्र बनाएपछी ६१ रनले पराजित भयो । मेचिनगरका लागी सन्दिप ढुङानाले १७ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर जोडन सकेनन । पुलिसका योगेन्द्र कार्की, मन्जित श्रेष्ठ र ललित राजबन्सिले समान २/२ विकेट लिएका थिए । इटहरि टि२० को फाइनल खेल बिहिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुने छ ।