Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग दसौ दिन : साङ्रीला क्रिकेट एकेडेमी बिजयी !

जेष्ठ १, क्रिकेट हिमालय

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारि कास्की क्रिकेट लिग अन्तर्गत दसौ दिनको खेलमा साङ्रीला क्रिकेट एकेडेमीले अरुण ज्योती क्रिकेट क्लबलाई ४४ रनले पराजित गरेको छ । मंगलबार टस जित्दै फर्स्ट ब्याटिङ गरेको सांग्रिलाले ३०.४ ओभर खेल्दै ११९ रनको योगफल तयार पार्यो । कप्तान विपिन खत्रीले ६० रन, सुदिप पौडेलले १६ रन, राजु खनालले ११ रनको योगदान दिए । अरुण ज्योती का हरि चौहानले ३ विकेट, अब्दुल खालिदले दुई विकेट आफनो नाममा लेखाए । मध्यम लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ७५ रनमै समेटियो । कप्तान विधान श्रेष्ठ र हरि चौहानले समान २३ रन बनाए । ७ ओभर बलिङ गर्दै विपिन खत्रीले २ मेडन राखेर १२ रन मात्रै दिई ५ विकेट लिए । उनी पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । अर्का खेलाडी मेघबहादुर सेनले ३ विकेट लिए ।

पोइन्ट टेबल

लिग अन्तर्गत भोलि बुधबार पोखरा क्रिकेट एकेडेमीले माछापुच्छ्रे क्रिकेट क्लबसँग खेल्ने छ ।