Cricket Himalaya
Cricket News From Top of The World

इटहरी टि२० चौथो दिन : नेपाल पुलिस क्लबको साघुरो जित !!

जेष्ठ १, क्रिकेट हिमालय

इटहरिको डि भि एम स्कुल क्रिकेट मैदानमा जारी इटहरि टि२० अन्तर्गत चौथो दिनको खेलमा नेपाल पुलिस क्लबले होराइजन क्रिकेट क्लबलाई ४ रनले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको पुलिस क्लबले प्रेम तामाङ २८, सिद्धान्त लोहनी ४९*, योगेन्द्र कार्की १५, कुसल भुर्तेल १४ रनको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो । होराइजनका लागि मनोज मन्डल र दिपेस ढकालले समान २/२ विकेट लिएका थिए भने रेवती यादबले १ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको होराइजन २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन मात्र बनाएपछि ४ रनको साघुरो हार बेहोर्न बाध्य भएको थियो । होराइजनका लागि रबि रोय ५३*, पुस्प थापा १६, मनोज मन्डल १५, मिनस थापा १३, लभ कामतले ११ रन बनाएका थिए । पुलिस क्लबका मन्जित श्रेष्ठले ४ विकेट लिएका थिए भने ललित भन्डारी र ललित राजबन्सिले समान २/२ विकेट लिएका थिए । 

नट आउट ४९ रन बनाएका सिद्धान्त लोहनी म्यान अफ द म्याच भएका थिए ।