Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिगको खेलतालिका सार्वजनिक

बैशाख ३१, क्रिकेट हिमालय

बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट को खेलतालिका सार्वजनिक भएको छ । यो प्रतियोगिता प्रदेश नं. ६ को इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना हुन लागेको हो । प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही एघार, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, महाकाली क्रिकेट क्लब, भेरिगङ्गा स्पोर्ट्स क्लब, काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर, टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडमी गरेर १० टिमहरुको सहभागिता छन । लिग कम नक-आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा १० टिमहरुलाई २ समूहमा बिभाजन गरिएको छ जसबाट समूहमा रहेका उत्कृस्ट २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यो पनि हेरौ : कर्णाली प्रीमियर लिगमा सहभागी १० टिम र टिमका कप्तानहरु

खेलतालिका