Cricket Himalaya
Cricket News From Top of The World

अन्तर विद्यालय किर्केट प्रतियोगिता, कैलाली : एक्सिस विद्याश्रम विजयी !

वैशाख,३०,धनगढी।

कैलाली जिल्ला किर्केट संघको आयोजनामा यहि वैशाख २८ गतेदेखि धनगढीको अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा सुरु भएको अन्तर विद्यालय किर्केट प्रतियोगिताको तेश्रो दिनको दोश्रो खेलमा कविन्द्र शाहले नेतृत्व गरेको एक्सिस विद्याश्रमले राजन कुंवरले नेतृत्व गरेको ज्ञान निकेतनलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।

आज दिउँसो भएको प्रतियोगिताको तेश्रो दिनको दोश्रो खेलमा ज्ञान निकेतनले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो। फलस्वरूप,एक्सिस विद्याश्रमले निर्धारित २० ओभरको खेलमा सम्पुर्ण विकेटको क्षतिमा ११९ रनमात्र बनाउन सक्यो। ब्याटिङतर्फ एक्सिस विद्याश्रमका अमृत रावतले २७ वलको सामना गर्दै सर्वाधिक २९ रन बनाउदा कविन्द्र शाहले २० वलको सामना गर्दै १८ रन बनाउन सफल भएका छन्। बलिङतर्फ ज्ञान निकेतनका लागि राजन कुंवर र आशिष शाहीले सामान ३-३ विकेट लिन सफल हुँदा विशाल परियारले पनि २ विकेट लिन सफल भएका छन्।

१२० रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको ज्ञान निकेतनले निर्धारित २० ओभरको खेलमा १०.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र ६९ रन बनाएको हो। ब्याटिङतर्फ ज्ञान निकेतनका लागि शिवा कुंवरले २७ वलको सामना गर्दै सर्वाधिक २० रन बनाउदा रोशन चौधरीले १४ वलको सामना गर्दै अविजित १३ रनको महत्त्वपूर्ण पारी खेलेपनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन्। बलिङतर्फ एक्सिस विद्याश्रमका लागि कप्तान कविन्द्र शाहले ४ ओभरमा २४ रन खर्चंदै सर्वाधिक ६ विकेट लिन सफल हुँदा अमृत रावतले ३.५ ओभरमा २२ रन खर्चदा महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टिमलाई जित दिलाउन सफल भएका हुन्।

प्रतियोगिताको तेश्रो दिनको दोश्रो खेल एक्सिस विद्याश्रमले ५० रनले जित्न सफल हुँदै प्रतियोगितामा विजयी सुरुवात गर्न पनि सफल भएको छ। खेलको म्यान अफ दी म्याच एक्सिस विद्याश्रमका कप्तान कविन्द्र शाह घोषित हुन सफल भएका छन्।