Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो ईटहरी टि-२० दोश्रो दिन : अन्कित सुबेदिको सतकमा मेचिनगर क्रिकेट एकेडिमी बिजयी !

बैसाख ३०, क्रिकेट हिमालय
सेभेन स्टार क्लब, ईटहरीको आयोजना र किसान कल्याण बचत तथा सहकारी सन्स्थाको सह आयोजनामा सन्चालित इटहरी टि२० अन्तर्गतको दोश्रो दिनको खेलमा मेचीनगर क्रीकेट एकेडमी , झापा ७ विकेटले बिजयी भयको छ !

मेचिनगर क्रीकेट एकेडमी झापा र इनरुवा बिचको खेलमा फर्स्ट ब्याटिङ गरेको इनरुवा २० ओभरमा ४ विकेट गुमाउदै १६२ रन बनाउन सफल भयको थियो ! इनरुवाका तर्फबाट बिबेक मेहता ६३(४७), सरोज बस्नेत १७(२५), अफ्जल हुसेन २८(२३), बिप्लप घोस १९(११) रन बनायका थिय ! मेचिनगरका राज थापा र मनोज तामाङले समान १/१ विकेट लियेका थिय !

विशाल लक्ष पछ्यायको मेचिनगर अन्कित सुबेदिको आक्रमक सतक १०१*(५५) रन, सुमन श्रेस्ठ १४(१९), शनि पुन १८(२२) को सहयोगमा १८.४ ओभरमा ३ विकेट गुमाउदै १६३ रन बनायपछी ७ विकेटले बिजयी रह्यो ! इनरुवाका बलर सम्साद अन्सारिले १ विकेट लियेका थिय !

आक्रमक सतक बनाउने अन्कित सुवेदी म्यान अफ द म्याच भयका थिय !

बैसाख ३१ मा सेभेन स्टार क्लब, इटहरि र महेन्द्रनगर क्रीकेट क्लब खेल्नेछन