Cricket Himalaya
Cricket News From Top of The World

हेटौडा कप टि-२० क्रिकेट : वाइ वाइ जि एच सि ए सेमिफाइनल प्रबेश !

बैशाख ३०, क्रिकेट हिमालय

हेटौडामा जारी “हेटौडा कप टि-२० क्रिकेट प्रतियोगिता” अन्तर्गत लिग चरणको अन्तिम खेलमा वाइ वाइ जि एच सि ए ले बि सि टि सि लाई ५३ रनले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । फर्स्ट ब्याटिङ गरेको जि एच सि ए इसान पान्डे २०(१८), अन्शुमन बम ६७(४८), अरुन एरे २७(११), सागर ढकाल १५*(२०) रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै १७१ रन बनाएको थियो । बि सि टि सि का बलर सोहेल अन्सारीले ३ विकेट, ब्यास यादबले २ विकेट र बिबेक गुप्ताले १ विकेट लिएका थिए । विशाल लक्ष पछयायको बि सि टि सि २० ओभरमा ९ विकेट गुमाउदै ११८ रनमा समेटिएपछी ५३ रनले पराजित रह्यो । बि सि टि सि का लागि सुबास यादब १६(२१), रोसन गुप्ता २४(२३), भुवन सहानी २७(२३), ब्यास यादब १४*(१३) रन बनाएका थिए । जि एच सि ए का बलर सोनु तामाङले ३ विकेट, अरुन एरे २ विकेट, सागर ढकाल र मोहन खत्रीले समान १/१ विकेट लिएका थिए ।

उत्कृष्ट प्रदर्शन गर्ने अन्शुमन बम म्यान अफ द म्याच बएका छन ।

दुबै सेमिफाइनल आज बैशाख ३० गते हुनेछन 1st semi MCC Vs Waiwai GHCA
2nd Semi MCA Vs Simara Cricket Club