Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग आठौ दिन : माछापुच्छ्रे क्रिकेट क्लब २० रनले बिजयी !

बैशाख ३०, क्रिकेट हिमालय

पोखरा क्रिकेट मैदानमा जारी कास्की क्रिकेट लिग अन्तर्गतको आठौ दिनको खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले साङ्रीला क्रिकेट क्लबलाई २० रनले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको माछापुच्छ्रे अमृत गुरुङ ४०(४२), महेस रेग्मी २४(२२), दिपेश खत्री २३(१६) को सहयोगमा २५ ओभरमा अल आउट हुँदै १५० रन बनाएको थियो । साङ्रीलाका सुदिप पौडेल र जोय सर्माले ३/३ विकेट र बिपिन छेत्रीले १ विकेट लिएका थिए । मध्यम स्कोर पछ्यायको साङ्रीला २५ ओभरमा ९ विकेट गुमाउदै १३१ रन मात्र बनाएपछी २० रनले पराजित रह्यो । साङ्रीलाका लागि बिपिन छेत्री ३०(३१), बिराट दवाडी २०(३५), समीर सेन १४(१९) रनको योगदान दिएका थिए । माछापुच्छ्रेका बलर दिपेस खत्री र कृश्न बास्तोलाले समान ३/३ विकेट लिएका थिए । २३ रन र ३ विकेट लिदै अल राउन्ड प्रदर्शन गर्ने माछापुच्छ्रेका दिपेश खत्री म्यान अफ द म्याच भएका थिए ।