Cricket Himalaya
Cricket News From Top of The World

इटहरि टि-२० पहिलो दिन : त्रिभुवन आर्मी क्लब “बि” को बिजयी सुरुवात !

बैशाख क्रिकेट हिमालय

सेभेन स्टार क्लब, इटहरीको आयोजना र किसान कल्याण बचत तथा सहकारी सस्थाको सह आयोजनामा नेपाल डि.भि.एम. ग्लोबल स्कुल, इटहरी -९ को खेल मैदानमा आजबाट सुरु “तेश्रो ईटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता”मा त्रिभुवन आर्मी क्लब बि ले सप्तरी ११ लाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको सप्तरी ११ ले बिकास दास २३, मेहबुब आलम १७, राहुल बि क ११, निरज यादब, सुरेन्द्र यादब र अनिल यादबको समान ९/९ रनको सहयोगमा २० ओभरमा ८ विकेट गुमाउदै ११७ रन बनाएको थियो । टि ए सि “बि” का बलर चन्द्र सावद र साह आलमले समान २/२ विकेट लिएका थिए । मध्यम स्कोर चेज गरेको टि ए सि “बि” राजु रिजाल ३०, हरि कृष्ण झा २३, राहुल बिश्वकर्मा २१, अनिल मन्डल १९, महेस छेत्री र इन्द्रकमल मानन्धरले समान ९/९ रन बनाएपछी १७.१ ओभरमा ४ विकेट गुमाउदै ११८ रन बनाएपछी ६ विकेटले बिजयी रह्यो । हरि कृष्ण झा म्यान अफ द म्याच भएका थिए ।

नेपाल पुलिस क्लब, सप्तरी ११, सेबेन स्टार क्लब, महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब “बि”, होराइजन क्रिकेट क्लब, इनरुवा, मेची क्रिकेट एकेडेमीको सहभागिता उक्त प्रतियोगितामा रहेको छ ।


उक्त प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ७५ हजार प्राप्त गर्नेछ, उप बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ४० हजार प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले रु १० ह्जार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट बलर र ब्याट्सम्यानले रु ५/५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रत्यक खेलको म्यान अफ द म्याचले रु १५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।