Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग सातौ दिन : पोखरा क्रिकेट एकेडमी ५ विकेटले बिजयी !

बैशाख २८, क्रिकेट हिमालय

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको संरक्षकत्वमा आयोजित “कास्की क्रिकेट लिग” अन्तर्गत आज सम्पन्न सातौ दिनको खेलमा पोखरा क्रिकेट एकेडेमिले अरुणज्योती क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भईरहेको ओम डेभलपमेन्ट बैंक के.सि.एलमा फर्स्ट ब्याटिङ गरेको अरुणज्योतीले २४.४ ओभरमा अल आउट हुदै ९२ रन मात्र बनाएको थियो । अरुणज्योतीका तर्फबाट दिपक ८(१३), सन्तोष २५(२१), बिधान ०(१), हरि ३८(४०), कमल ३(१०), दिबस ५(४०), चुक ३(२३), सन्नी १(९), श्याम २(६), प्रज्वल ४* र अब्दुल ०(२) रन बनाएका थिए । पोखरा क्रिकेट एकेडेमिका रोशन कान्त न्यौपानेले ६.४ ओभरमा ३० रन दिदै ५ विकेट लिएका थिए भने ॠषिकेश शर्माले २ विकेट र अन्जन गायकले १ विकेट लिएका थिए । झिनो लक्ष्य पछ्याउँदै दोश्रो ब्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमिले २९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । पिसिएका तर्फबाट सोहेलले ७ रन, धिरजले २ रन, बिकासले ४ रन, सिब्रीनले ० रन, रिसिकेसले ५ रन, मुस्कानले २९* रन र प्रेमले ११* रन बनाएका थिए । अरुणज्योतीका सन्तोषले ३ विकेट लिएका थिए भने सन्नी र बिधानले १/१ विकेट लिएका थिए ।

रोशन कान्त न्यौपाने ५ विकेट लिदै म्यान अफ द म्याच भएका थिए ।

पोईन्ट टेबल

कास्की क्रिकेट लिग अन्तर्गत भोली शनिबार साङ्रिला क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब बिच खेल हुनेछ ।