Cricket Himalaya
Cricket News From Top of The World

पि एम कप, २०७५ जेष्ठ १३ देखि सुरु हुने, १० टिमको सहभागीता !!

बैशाख २७, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद परिषदको आयोजना र इभेन्ट कम्पनी “नेपालय” को ब्यबस्थापनमा आगामी जेष्ठ १३-२९ सम्म किर्तिपुर स्थित टि यु अन्तरास्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सिनियर प्रधानमन्त्री कप (पि एम कप), २०७५ हुने भएको छ । ७ वटा प्रदेशहरुको सिनियर टिम र ३ वटा बिभागिय टिमहरु नेपाल प्रहरी क्लब, ससस्त्र प्रहरी क्लब र त्रिभुवन आर्मी क्लब सहित कुल १० टिमहरुको सहभागीता पि एम कपमा हुनेछ । १० वटा टिमहरुलाई २ समुहमा बिभाजन गरि लिग चरणको खेलहरु हुनेछन भने हरेक ग्रुपका उत्कृष्ट २ टिमहरु सेमिफाइनलमा पुग्नेछन । पि एम कपको बजेट १ करोड ८० लाख रहेको छ । पि एम कपको बिजेताले रु २० लाख सहित ट्रफी प्राप्त गर्नेछ भने उप बिजेताले रु १० लाख र ट्रफी हात पार्ने छ । त्यसैगरी म्यान अफ द सिरिजले रु १ लाख, बेस्ट ब्याट्सम्यान र बलरले रु ५०/५० हजार प्राप्त गर्नेछन ।

ग्रुप बिभाजन



१. प्रदेश नं १
२. प्रदेश नं २
३. प्रदेश नं ४
४. त्रिभुवन आर्मी क्लब
५. ए. पि. एफ. क्लब


१. प्रदेश नं ३
२. प्रदेश नं ५
३. प्रदेश नं ६
४. प्रदेश नं ७
५. नेपाल पुलिस क्लब


प्रदेश टिमहरुको छनोट
प्रदेश छनोट्को लागि हरेक प्रदेशमा केन्द्रहरु तोकिनेछ, प्रदेश अन्तर्गतका जिल्लाहरुबाट प्रादेसिक टिमको छनोट उक्त स्थानमा हुनेछ ।