Cricket Himalaya
Cricket News From Top of The World

१० सहभागी टिम र टिमका कप्तानहरु सार्बजनिक : कर्णाली प्रिमियर लिग !

बैशाख २६, क्रिकेट हिमालय

बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट प्रदेशको इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना गर्न गईरहेको छ ।

प्रतियोगिताको प्रोग्राम डाइरेक्टर श्री जीवन साही,

“भविष्यमा प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता हुने भएकोले यस प्रदेशलाई पनि क्रिकेट नगरीको रुपमा विकास गर्नुपर्छ र क्रिकेटमा खासगरी यस क्षेत्रबाट नयाँ पुस्ताको आगमन र नयाँ क्षमतावान खेलाडीहरुको पहिचान होस भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो”

खेल जेठ ३ बिहीबारदेखि १२ गतेसम्म सञ्चालन हुनेछन । सुर्खेतको रंगशाला मैदानमा आयोजना गरिने यस प्रतियोगितामा देशका प्रतिष्ठित दश (१०) वटा क्लवहरुको सहभागिता रहनेछ ।

कर्णाली प्रीमियर लिगमा सहभागी १० टिमहरु र कप्तान

१ मदन भन्डारी स्पोर्ट्स एकेडमी – कप्तान, रुपेस श्रीवास्तब

२ रोयल राइजिङ क्रिकेट क्लब – कप्तान, बिबस गिरि

३ मध्यपश्चिम क्रिकेट क्लब – कप्तान, सुबेन्दु पान्डे

४ त्रिभुवन आर्मि क्लब – कप्तान, बिनोद भन्डारी

५ रुपन्देही ११ – कप्तान, शक्ति गौचन

६ महाकाली क्रिकेट क्लब – कप्तान, प्रदिप एरि

७ भेरिगङा स्पोर्ट्स क्लब – कप्तान, लोकेन्द्र बि क

८ काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर – कप्तान, सन्जय बस्नेत

९ ए बि सि क्लब – कप्तान, रबिन्द्र साही

१० धनगढी क्रिकेट एकेडमी – कप्तान, भुवन कार्की

आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री टेक बहादुर साही

“राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरिसकेका चर्चित खेलाडीहरुको समेत सहभागिता रहने हुनाले यो प्रतियोगिता कर्णाली प्रदेसमै ऐतिहासिक र महत्वपूर्ण रहनेछ भन्ने विश्वास छ साथै क्रिकेट संस्कृतिको विकास र खेलाडीको मनोबल बढाउन यो प्रतियोगिता कोशेढुंगा पनि सावित हुनेछ”


प्रतियोगिताको टाइसिट बैसाख २८ गते सार्बजनिक हुने जानकारी आयोजकले दियेको छ