Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग (डीपीएल) २ समिक्षा

बैशाख २५, क्रिकेट हिमालय

२०१० मा सुरु एसपीए कपलाई नेपाली क्रिकेट ईतिहासमा गर्विलो अध्याय थप्दै विकसित भएको रुस्लान धनगढी प्रिमियर लिग २, २०७४ चैत्र १७ देखि ३० गतेसम्म धनगढीमा भव्य रुपमा सम्पन्न भइसकेको छ । यस अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मन र हातलाई स–धन्यवाद हार्दिक आभार आयोजकले ब्यक्त गरेको छ ।

आयोजक

“डीपीएललाई हामीले क्रिकेटको विकासमा कोषे ढुङ्गा बनाउदै खेल पर्यटनका माध्यमबाट यहाँको पहिचान,सामाजिक आर्थिक उत्थान लाई विशेष रुपमा जोडेर अघि बढाएका थियौ । यस मामिलामा हामी कति सफल भयौ हामीले भनिरहनु परेन । सबैलाई थाहा छ । डीपीएल धनगढी र प्रदेश ७ को पहिचान संगै विकास र समृद्धिको ढोका खोल्ने प्रयास हो”

यस अवसरमा नेपाली क्रिकेटको महाकुम्भ ले पारेको प्रभाव, यसको निरन्तरता र भविष्यलाई लिएर समिक्षा निम्न अनुसार आयोजकको रहेको छ ।

१) पहिचान

रुस्लान डीपीएल २ ले ICC बाट मान्यता पाउनु नेपाली क्रिकेट र हामी धनगढी वासीका लागि अभुतपुर्व ऐतिहासिक घटना हो । रुस्लान डीपीएल २ नेपालमा सर्वाधिक हेरिएको खेल हो । राष्ट्रिय टेलिभिजन ब्एज्ञज्म् बाट प्रत्यक्ष प्रशारण, विश्व चर्चित अनलाइन स्ट्रिमिङ साइट iflix मा प्रत्यक्ष अनलाइन स्ट्रिमिङ, AP1 मा लाइभ अपटेड, राष्ट्रिय र स्थानिय पत्रपत्रिका, रेडियो र अनलाईनमा पाएको प्राथमिकता, सामाजिक सञ्जालको चर्चा आदि कारणले यो प्रतियोगिता लाखौं लाख दर्शकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हेरेका छन् ।

– राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा दैनिक औषत २ करोड भन्दा बढी दर्शकले विभिन्न माध्यम मार्फत डीपीएललाई प्रत्यक्ष हेरेको अनुमान गरिएको छ ।

– दैनिक ३ हजारको औषतमा मैदानमा दर्शकहरुको उपस्थिती थियो। जुन नेपाली घरेलु क्रिकेटले पाएको सर्वाधिक दर्शक संख्या पनि हो र क्रिकेटको बढेदो लोकप्रियताको संकेत हो ।

डीपीएलले राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा पाउनु सोझै धनगढीको प्रतिष्ठा सँग जोडिन्छ । जति डीपीएलको चर्चा भयो त्यति धनगढी र हामी धनगढीबासीको चर्चा भयो । यस क्षेत्रको पहिचानलाई अझै देश विदेशमा पुर्याउन डीपीएलले महत्वपूर्ण भुमिका खेलेकोमा हामी गौरवान्वित छौ ।

२) क्रिकेटका लागि एकता र सहकार्य

आयोजक

“हामीले डीपीएलमा पूर्व देखीपश्चिम सम्मका सहर आधारित टीम बनाएर देशमा क्रीकेटको माहोल बनाउन खोजेका हौँ । बढी भन्दा बढी क्षेत्र र जनताको सहभागीता खोजेका हौँ । देशलाई जोड्न खोजेका थियौं । डीपीएलले देश भर नै क्रीकेट चर्चा भई रह्यो । माहोल बन्यो । देश जुट्यो । यसरी क्रीकेटको माहोल देशभरनै तातेको देख्दा हाम्रो प्रयास सफल भएको हामीलाई महसुस भएको छ”

३) अवसर

रुस्लान डीपीएलको उदेश्य यस क्षेत्रका साथै देश भरका उदयमान प्रतिभाहरुलाई अन्तराष्ट्रियस्तरको म्याच एक्सोजर दिने थियो । ICC मान्यतासँगै हङकङ र यूएईका कप्तान, ओमानका राष्ट्रिय क्रीकेटर लगायत IPL र रणजी ट्रफि खेलिसकेका खेलाडीहरु को सहभागिता रह्यो । उनीहरुसँग हाम्रा उदयमान प्रतिभाहरुले सँगै अभ्यासका साथै प्रतियोगिता खेल्ने अवसर पाउनु अर्थपुर्ण छ ।
यस्तै प्रतियोगिताहरुले नवोदित प्रतिभाहरुलाई अझै खारिदै निखार्दै लैजाने गर्दछन् ।

आयोजक

हामीले डीपीएलका प्रत्येक टिममा एक जना स्थानिय खेलाडी अनिवार्य राख्नै पर्ने व्यवस्था गरेका थियौ । यो यस प्रदेशका नवोदित खेलाडीहरुका लागी निकै दुरगामी महत्वको प्रयास हो । आगामी दिनमा पनि उनीहरुलाई विशेष अवसर दिनेमा हामी कटिवद्ध छौ । यस संस्करणको अभ्यास शत्रमा स्थानिय खेलाडीहरुले फ्रेन्चाइजी टोलीहरुलाई प्रभावित पारेकाले आगामी अक्सनबाट थुप्रै स्थानिय खेलाडीहरु राम्रो भाउ पाउने हामीले विश्वास लिएका छौं”

४) आर्थिक संकेत

रुस्लान डीपीएल अवधिभर यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भइरह्यो । प्रतियोगिता अवधिभर धनगढीमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरुको आगमन भइरह्यो। विभिन्न व्यक्तिहरुले बसको टिकट क्यान्सिल गरेर पनि डीपीएल हेर्नका लागि रोकिएको समाचार पढ्न पायौं । डीपीएल हेर्न नेपालका विभिन्न शहर र मित्र राष्ट्र भारत बाट पनि हजारौं दर्शकहरु धनगढी आएः फलत यस अवधीमा विभिन्न तह र तर्फका यातायात व्यवसायी , विभिन्न व्यापारी र होटेल एवं रेस्टुरेन्ट व्यवसायीहरुलाई प्रतियोगिताले व्यस्त राख्योे । कतिपय दर्शकहरु यस क्षेत्रको विभिन्न पर्यटकीय गन्तव्यहरुमा पनि पुगे । यसले आन्तरिक तथा बिदेशी दर्शक धनगढीमा भिच्याउन मद्दत पुग्ने र आर्थिक कारोवार बढाउन योगदान पुग्ने छ । डीपीएल र यस्तै अन्य प्रतियोगिताहरुले स्थानिय तथा राष्ट्रिय सरकारलाई यस क्षेत्रको समृद्धीको आधार समेत देखाएको हामीले विश्वास लिएका छौ ।

५) सम्भावना

रुस्लान डीपीएलले यस क्षेत्रको सम्भावना पनि उजागर गरिदिएको छ। आट्ने होर सबै जुट्ने हो भने विकट्ता र जटिलताका बिचमा पनि देशकै ठूलो कामहरु गर्न सकिदो रैछ भन्ने उदाहरण हामीले दिदैं आएका छौ । आगामी दिनमा सम्बन्धित निकायले यस क्षेत्रले गर्व गर्ने गरी अझै उचाईका प्रतियोगिताहरु लिएर आउने र हाम्रो देशलाई साच्चिकै क्रीकेटको देश बनाउने गरी कार्यक्रमहरु ल्याउनु हुनेमा हामीले विश्वास लिएका छौ । क्रिकेट धनगढीको पहिचन र डि.पि.एल धनगढीको समृद्धिको रामवाण हो भन्ने कुरा उद्योगी व्यवसायी लगायत आम नागरिकलाई छर्लङ्ग भईसकेको छ । डिपिएल धनगढीका साथै देशकै सम्पत्ति भएकोमा स्वभाविक रुपमा हामी सवै गौरवान्वित छौ । डिपिएललाई अझै माथी उठाउनु केन्द« सरकार, प्रदेश नं.७ को सरकार, यहाका राजनितिक दल, उद्योगि, व्यवसायी संचार जगत सवैको प्रतिष्ठाको विषय हो । हाम्रो पहिचान र प्रतिष्ठा डिपिएलको पहिचान बचाउन हामी सबै एक हुनेमा म विश्वस्त छु ।

६) अपेक्षा र भविष्य

यस संस्करण झै डीपीएलले आगामी संस्करणमा पनि यहाँरुको यस्तै न्यानो माया पाउने अपेक्षा गरेका छौ । यस संस्करणमा हामीले भतष्अपभतष्लन, डिजिटल स्कोरबोड, एलइडी टीभि, रिप्ले सिस्टम ९घचम ग्mउष्चभ० आदी को प्रयोग गरेका थियौं । आगामी दिनमा थप प्रविधिहरुको प्रयोगमा जोड दिनुका साथै डीपीएल होम एण्ड अवे र डे नाईट खेलिने तर्फ हाम्रो प्रयास रहने जानकारी गराउदछौ ।

आयोजक

क्रिकेटका माध्यमबाट धनगढीलाई अन्तरराष्ट्रिय स्तरको सुन्दर सहर बनाउदै सुदूरपश्चिमको आर्थिक कायापलटको सपना हामीले देखेका छौं। यो सपना साकार धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान बनेसँगै हुनेछ । त्यसैले एएए मोडेलमा फाप्लाको काम अघि बढाउन हामी सरकारसँग जोडदार माग गछौं । सम्पुर्ण धनगढीबासीलाई यस अभियानमा गोलवद्ध हुन हार्दिक अपिल गर्दछु”

आयोजक

यस अवसरमा सहभागी टोलीहरु काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महैन्द्रनगर युनाइटेड र टीम चौराह धनगढी तथा टीम सञ्चालकज्युहरु, मुख्यप्रायोजक रुस्लान , सहप्रायोजकहरु , प्रवद्र्धकहरु ,स्थानीयप्रायोजकहरु, खेल मैदान उपलब्ध गराई सहयोग गर्ने अञ्चल प्रहरी कार्यालय , संचार जगत ,निस्वार्थ खटियका स्वयंसेवकहरु, अफिसियल्सहरु, शान्ती सुरक्षा सम्बन्धि निकायहरु ,खेलकुद निकाय , प्रर्यटन बोर्ड , स्थानीय निकाय तथा संघ संस्थाहरुको साथ सहयोग र समर्थनका लागी सधन्यवाद हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो उद्देश्य पावन र महान छ , त्यसैले अझै गहकिलो , खाँदिलो र बलियो सहकार्य गर्नका लागी आहवान गर्दै च्गकबिल म्एी(द्द को आय व्ययको विवरण यस प्रकार रहेको जानकारी गराउदछौ

टेन्टेटिभ आम्दानी र खर्च विवरण

आम्दानी

मुख्यप्रायोजकबाट प्राप्त रकम : ७० लाख
सहप्रायोजक र प्रबन्धकबाट प्राप्त रकम : ७० लाख
अन्य प्रायोजकबाट प्राप्त रकम : २२ लाख
टिकटबाट प्राप्त रकम : १० लाख
प्रवेश शूल्कबाट प्राप्त रकम : ९ लाख
टिमबाट खेलाडी पारिश्रमिक : ६३ लाख
खेलाडी बिड शुल्क ५℅ : १ लाख
खेलाडी दर्ता शुल्क : २ लाख
ए.पि वान एच.डि. प्रत्यक्ष प्रशारण : ४५ लाख
विदेशी खेलाडी धरौटि शुल्क : १२ लाख
डि.सि.ए. को योगदान : ७ लाख

३ करोड १२ लाख ७६ हजार ८२७ रुपैया र ३९ पैसा

खर्च

नगद पुरस्कार : ५१ लाख
खाना ,बस्न : १३ लाख
अतिथि सत्कार : २ लाख
यातायात : ८ लाख
अफिसियल खर्च : ६.५ लाख
खेल मैदान : २० लाख
प्याराफिट : १० लाख
ड्रेस : २.५ लाख
खेल सामग्री : १.५ लाख
मेडल, ट्रफी ,छपाई : ३ लाख
सुुरक्षा : १.५ लाख
प्रचारप्रसार : २ लाख
समारोह : ६ लाख
डिजीटल स्कोेर बोड : ५ लाख
ब्राण्डिङ्ग डिजाइन : ५.५ लाख
पत्रकार सम्मेलन : २.५ लाख
प्रिफ्याव रुम : ०.६ लाख
धरभाडा : ०.६ लाख
विद्युत तथा विद्युत समाग्री : १ लाख
अक्सन : ६ लाख
विविध : ०.७ लाख
५% इसेवा कमिसन : ०.५ लाख
ड्रिम फाप्लालाई (टिकटको २०%) : २ लाख
टिकटको ४०% टिमलाई रोयल्टि : ४ लाख
प्रहरी कल्याण कोण : १ लाख
मुख्य प्रायोजक प्रमोसन : ३५ लाख
खेलाडी पारिश्रमिक खर्च : ६३ लाख
प्रत्यक्ष प्रशारण : ४५ लाख
धरौटि फिर्ता : १२ लाख

३ करोड १२ लाख ७६ हजार ८२७ रुपैया र ३९ पैसा