Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग चौथो दिन : अरुणज्योति क्रिकेट क्लब २ विकेटले बिजयी !

बैशाख २५, क्रिकेट हिमालय

पोखरा क्रिकेट मैदान कास्कीमा जारी “कास्की प्रिमियर लिग” अन्तर्गत आज सम्पन्न चौथो दिनको खेलमा अरुण ज्योति क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाइ २ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रे क्रिकेट क्लबले निर्धारित ३५ ओभरको खेल मध्य मात्र १९.४ ओभरमा अलआउट हुदै ६४ रन मात्र बनाएको थियो । माछापुच्छ्रेको लागि दिपेश खत्री १२(२७), मनोज कोइराला ०(६), महेस रेग्मी १२(२३), एच गुप्ता ४(३), अमृत गुरुङ ०(१०), प्रबिन ढकाल १(७), अनुप श्रेष्ठ २(१२), राजु गुरुङ ७(१२), कृश्न बास्तोला ०(३), कृश्न शर्मा २(७) र एस पौडेल ०*(२) रन बनाएका थिए भने बलिङ तर्फ अरुणज्योतिका अब्दुल खलिद र सन्तोश न्यौपानेले समान ३/३ विकेट, सुमन गहतराजले १ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्यायको अरुणज्योती ले २९.४ ओभरमा ८ विकेट गुमाउदै ६८ रन बनाएपछी २ विकेटले बिजयी रह्यो ! अरुण ज्योतिका दिपक गुरुङ ७(१०), सन्तोश न्यौपाने ०(५), सुमन गहतराज ५(१७), बि श्रेष्ठ १(१४), हरि चौहान १५(२२), कमल थापा १२(४२), दिबेस गिरि ०(४), सन्नी छेत्री ८*(३९), श्याम त्रीपाठी ०(३), प्रजवल दाहल ९*(१९) रन बनाएका थिए । माछापुच्छ्रेको तर्फबाट राजु गुरुङले ५ विकेट लिएका थिए भने कृश्न बास्तोला, अमृत गुरुङ र एच गुप्ताले समान १/१ विकेट लिएका थिए ।

अरुण ज्योती क्रिकेट क्लबका अब्दुल खलिद म्यान अफ द म्याच भएका थिए ।

 

तस्बिर : सन्देस

ओम डेभलपमेन्ट बैन्कको मुख्य प्रायोजन तथा पोखरा राइनोजको सह प्रायोजनमा आयोजित कास्की प्रिमियर लिग अन्तर्गत पोखरा क्रिकेट क्लब, अरुण ज्योती क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, साङ्रीला क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडमी गरि कुल ५ टिमको सहभागीता रहेको छ ।


बैशाख २६ मा पोखरा क्रिकेट क्लब र साङ्रील क्रिकेट क्लब खेल्ने छन ।