Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग निर्धारित मितिभन्दा १ दिन अगावै जेष्ठ ३ बाट सुरु हुने !

बैशाख २१, क्रिकेट हिमालय

न्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट प्रदेशको इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना गर्न गईरहेको छ । गत जेठ ४ गतेबाट सञ्चालन हुने भनिएको रुस्लान कर्णाली प्रिमियर लिग निर्धारित मितिभन्दा १ दिन अगावै सञ्चालन हुदैछ । राष्ट्रिय खेलकुद परिषद्को खेल तालिका अनुसार जेठ ६ र ७ गते एथ्लेटिक्सको खेल सञ्चालन गर्नुपर्ने भएकोले उक्त खेलको मैदान र के पि एल सञ्चालन गर्ने खेल मैदान (रंगशाला) एउटै पर्न गएकोले के पि एल का खेल जेठ ३ बिहीबारदेखि १२ गतेसम्म सञ्चालन हुनेछन । कर्णाली प्रदेशमा नेपाल क्रिकेट संघको आधिकारिक मान्यता सुर्खेत जिल्लाले मात्र पाएको छ । भविष्यमा प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता हुने भएकोले यस प्रदेशलाई पनि क्रिकेट नगरीको रुपमा विकास गर्नुपर्छ र क्रिकेटमा खासगरी यस क्षेत्रबाट नयाँ पुस्ताको आगमन र नयाँ क्षमतावान खेलाडीहरुको पहिचान होस भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । सुर्खेतको रंगशाला मैदानमा आयोजना गरिने यस प्रतियोगितामा देशका प्रतिष्ठित दश (१०) वटा क्लवहरुको सहभागिता रहनेछ । राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरिसकेका चर्चित खेलाडीहरुको समेत सहभागिता रहने हुनाले यो प्रतियोगिता कर्णाली प्रदेसमै ऐतिहासिक र महत्वपूर्ण रहनेछ भन्ने विश्वास छ साथै क्रिकेट संस्कृतिको विकास र खेलाडीको मनोबल बढाउन यो प्रतियोगिता कोशेढुंगा पनि सावित हुनेछ ।