Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश नं. ७ मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन !

बैशाख १९, क्रिकेट हिमालय

टि यु मैदानमा आज सम्पन्न मनमोहन मेमोरियल यु-१६ प्रतियोगिताको उपाधी प्रदेश न ७ ले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा प्रदेश न ७ ले प्रदेश न २ लाइ २४ रनले पराजित गर्दै उपाधी सहित नगद २ लाख ५० हजार हात पार्यो भने उप बिजेतामा सिमित प्रदेश न २ ले नगद १ लाख ५० हजार प्राप्त गर्यो ।

त्यसैगरी प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बलर क्र म स प्रदेश न २ का अमीत यादब र प्रदेश न ७ का नरेन्द्र साउद हुदै नगद ५/५ हजार प्राप्त गरेका थिए । बेस्ट विकेटकिपर प्रदेश न ७ का राजन सिंह भए भने बेस्ट फिल्डर प्रदेश न ७ कै रिदय बिठारी भए । प्रतियोगितामा प्लयेर अफ द सिरिज हुन सफल बिबेक यादबले नगद १० हजार रुपैया प्राप्त गरेका थिए ।

फाइनल खेलको स्कोर कार्ड