Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता सेमिफाइनल समीकरण आज देखी पूरा

बैशाख १७, क्रिकेट हिमालय

मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सेमिफाइनल समीकरण आज देखी पूरा भएको छ । टि यु मैदानमा सोमबार भएको दोस्रो खेलमा प्रदेश न ५ ले प्रदेश न ४ लाई ९ विकेटले पराजित गरे सँगै सेमिफाइनल समीकरण पुरा भएको हो । फाइनल प्रवेशका लागि समूह ए को विजेता प्रदेश ३ र समूह बीको उपविजेता प्रदेश २ तथा समूह बीको विजेता प्रदेश ७ र समूह ए को उपविजेता प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । यहि बैशाख १३ देखी किर्तिपुर स्थित टि यु क्रिकेट मैदानमा “यु-१६ मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता” चलिरहेको छ । प्रतियोगिता १९ बैशाख सम्म चल्नेछ । प्रतियोगितामा ७ प्रदेशका टिमहरु सहभागी जनाएका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद र खेल सामग्री सहित रु ५ लाख बराबरको पुरस्कार, मेडल र ट्रफी पाउने छन भने दोश्रो हुनेले रु २ लाख ५० हजार बराबरको पुरस्कार प्राप्त गर्ने छन ।