Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता : प्रदेश नं. १, २, ३ र ७ सेमिफाइनलमा प्रवेश !!

बैशाख १७, क्रिकेट हिमालय

टि यु मैदानमा जारी मनमोहन मेमोरियल यु-१६ क्रिकेट प्रतियोगिताको लिग चरणका सम्पुर्ण खेलहरु आज सकिएका छन ।

कुल ७ वटा प्रदेशका टिमहरुलाई A र B दुई ग्रुपमा बिभाजन गरिएको थियो । ग्रुप A मा प्रदेश न २, ४, ५ र ७ थिए जसमध्ये प्रदेश न २ र ७ सेमिफाइनल पुगेका छन भने ग्रुप बि मा प्रदेश न १, ३ र ६ थिए, जसमध्ये प्रदेश न ३ र १ सेमिफाइनल पुगेका छन ।

आज सम्पन्न पहिलो खेलमा प्रदेश न २ ले रोमान्चक खेलमा प्रदेश न ७ लाई १ विकेटले पराजित गरेको थियो । त्यसैगरी दोश्रो खेलमा प्रदेश न ५ ले प्रदेश न ४ लाई ९ विकेटले पराजित गरे पनि सेमिफाइनल पुग्न असफल भयो ।

दोश्रो खेलको स्कोर कार्ड