Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता पाचौ दिन : प्रदेश नं. २ को रोमान्चक जित !

बैशाख १७, क्रिकेट हिमालय

टि यु मैदानमा जारी पाचौ दिनको रोमान्चक पहिलो खेलमा प्रदेश न २ ले प्रदेश न ७ लाई १ विकेटले पराजित गरेको छ । टस हारेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न ७ ले ३० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो । प्रदेश न ७ को तर्फबाट राजन सिंह २९(३७), सुबास एर २२(२३), राहुल भन्डारी ५०(४९), बिनोद खत्री १७(२७), नारायण जोशी ३०(१५), रोसन सावद १४(८) रन बनाएका थिए । प्रदेश न २ को तर्फबाट निखिल सिंहले २ विकेट लिएका थिए भने बिबेक यादब, ब्यास यादब, बिक्रम कुसबाह, साम्सद मन्सुरी र त्रीत राज दासले समान १/१ विकेट लिएका थिए । विशाल लक्ष पछ्यायको प्रदेश न २ ले २८.४ ओभरमा ९ विकेट गुमाउँदै १९८ रन बनाएपछि रोमान्चक १ विकेट हात पार्यो ! यो जित सङै प्रदेश न २ सेमिफाइनलको दौडमा कायम रह्यो, प्रदेश न ४ र ५ बिचको खेलले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । प्रदेश न २ को तर्फबाट अमीत यादबले ६१(५९), त्रीत राज दास १९(२३), साहिल पटेल ३१(२९), बिबेक यादब ५७*(३४) रन बनाएका थिए । प्रदेश न २ को १३७ रनमा ८ विकेट झरेको थियो । बिबेक यादबको जोडदार फिनिशिङले सेमिफाइनलको आशा कायम नै छ । प्रदेश न ७ को तर्फबाट नारायण जोशी, महेस सावद, नरेन्द्र सावद र राहुल भन्डारिले समान २/२ विकेट लिएका थिए ।

आजको दोश्रो खेल केही बेरमा प्रदेश न ४ र ५ बिच हुदैछ ।