Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता चौथो दिन : पहिलो खेलमा प्रदेश न १ बिजयी !

बैशाख १६, क्रिकेट हिमालय

मनमोहन मेमोरियल यु-१६ अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेश न १ ले प्रदेश न ६ लाई ४ विकेटले पराजित गरेको छ । यस जित संगै प्रदेश न १ का साथै प्रदेश न ३ सेमिफाइनलमा पुग्न सफल भएका छन । ३ टिम रहेको बि ग्रुपमा सबै टिमको १ /१ जित र १/१ हार भयपछी रनरेटको आधारमा प्रदेश न ३ पहिलो र प्रदेश न १ दोश्रो भएका हुन भने प्रदेश न ६ प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न ६ २०.२ ओभरमा अल आउट हुँदै मात्र ९४ रन बनाएको थियो । प्रदेश न ६ का तर्फबाट प्रकाश जैसी ३३(१८), सन्दिप साही ३(४), दिनेस पुन १०(२१), रितिक साही ६(२०), भबिन मगर १६(२३), बिमल मल्ल २(५), प्रनम भडेल ०(२), दिपक थापा ०(५), बिनित के सि १(७), युबराज के सि ८*(१४) र सुरज बुढाथोकीले ०(३) रन बनायका थिय । प्रदेस न १ का तर्फबाट दिपेस कडेलले ३ विकेट, लभ कामत र नबनित कर्णले समान २/२ विकेट र बिपिन महतोले १ विकेट लिएका थिए । झिनो लक्ष सहित दोश्रो ब्याटिङ गरेको प्रदेश न १ २६ ओभरमा ६ विकेट गुमाउदै ९५ रन बनाएपछि सहज ४ विकेटको जित हात पार्यो । प्रदेश न १ का तर्फबाट लभ कामत २१(३६), राजन मगर २(६), बिबेक बुढाथोकी ९(१०), अन्कित श्रेस्ठ ५(१४), अभिषेक बराल १५*(३९), दिपेस कडेल ११(९), बिबेक मेहता ०(१), नबनित कर्णले २३*(४१) रन बनाएका थिए । प्रदेश न ६ का तर्फबाट प्रकाश जैसी र दिपक थापाले २/२ विकेट, युबराज के सि ले १ विकेट लिएका थिए ।