Cricket Himalaya
Cricket News From Top of The World

नेपाल पुलिस क्लब “दिपक गुप्ता मेमोरियल टि-२० क्रिकेट कप” को च्याम्पियन !!

बैशाख १५, क्रिकेट हिमालय

जनकपुरको बार्हबिघा मैदानमा सम्पन्न भएको दिपक गुप्ता मेमोरियल टि२० क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले ३४ रनले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जितेको छ । तेस्रो दिपक गुप्ता मेमोरियल टि२० कपको उपाधी जित्दै नेपाल पुलिस क्लबले रु ३ लाख ११ हजार र ट्रफी हात पार्यो भने उप बिजेता त्रिभुवन आर्मी क्लबले १ लाख ७१ हजार नगद र ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधी जित्दै सागर पुनले रु ३१००० नगद र ट्रफी प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बलर हुँदै आरिफ सेख र साहब आलमले जनही रु २१ हजार र ट्रफी प्राप्त गरेका थिए ।

टप १० ब्याट्सम्यान र बलरहरु